संसद्

राजनीतिक व्यवस्था बदलियाे तर प्रवृत्ति बदलिएन : सन्तोष परियार

इकागज | जेठ १३, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले देशको राजनीतिक अवस्था परिवर्तन भए पनि प्रवृत्ति नबदलिएको बताएका छन् । शनिबार प्रतिनिधि सभाको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । 

‘नीति तथा कार्यक्रम पढिरहँदा यस्तो लाग्छ–हामीले राजनीतिक व्यवस्था त परिवर्तन गर्यौँ,’ उनले भने, ‘तर त्यो परिवर्तन भएको व्यवस्था अनुरूपको हाम्रो प्रवृत्ति रहेन । हामी पात्रहरू त्यही रह्यौँ ।’ 

सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतमा आउने कार्यक्रम जस्तै भएको उनको भनाइ थियो । सांसद परियारले विकासको अवधारणालाई समेत पुनर्परिभाषित गर्नु पर्ने बताए । 

‘हामीले यस्ता नीति तथा कार्यक्रम त कति बनायौँ होला,’ उनले भने, ‘विकासका कुरा कति गर्यौँ होला । तर, यहाँ आएर हामीले भन्नुपर्छ । हामीले बुझेको विकासलाई अब पुनर्परिभाषित गर्नुपर्छ । यो औपनिवेशिक विकास र आधुनिकीकरणले गाँजिएको विकासले के हाम्रो जनजीवनलाई छुन सक्यो । के हामीले विकासका कुनै प्रारूप देख्न सकेनौँ ?’

नीति तथा कार्यक्रमको ‘बिरालो बाँध्ने’ शैली बदल्नुपर्छ : विश्वप्रकाश शर्मा

इकागज | जेठ १३, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नीति तथा कार्यक्रम ल्याउने...

सांसद लेखनाथ दाहालले ओलीलाई लगाएको आरोप संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

इकागज | जेठ १३, २०८०

काठमाडौँ– सभामुख देवराज घिमिरेले केही दिन अगाडि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले न...

'पशुपतिको जलहरीको विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन'

इकागज | जेठ १३, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमा दाहाल 'प्रचण्ड'ले पशुपतिको जलहरीको विषयमा प्रमुख प्रतिपक्षी...

पशुपतिको जलहरीको विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्छ : सांसद दाहाल

इकागज | जेठ १२, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीको विषयमा छानबिन गर्न संसदीय ...

पशुपतिको जलहरी निर्माणमा महालेखा परीक्षकको प्रतिवेदनले पनि प्रश्न उठाएको थियो

इकागज | जेठ १२, २०८०

काठमाडौँ– नेकपा एमालेले आफ्नो सरकार हुँदा पशुपतिमा लगाएको सुनको जलरीलाई पित्तलको भनेर सत्ता पक्...

पशुपतीमा लगाएको जलहरीमा भ्रष्टाचार भएको आरोप निराधार भएको भन्दै एमालेले गर्‍याे संसद्‍मा अवरोध

इकागज | जेठ १२, २०८०

काठमाडौँ– नेकपा एमालेले आफ्नो सरकार हुँदा पशुपतिमा लगाएको सुनको जलहरीलाई पित्तलको भनेर स...

प्रतिनिधिसभा बैठक आज: प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

इकागज | जेठ १२, २०८०

काठमाडौँ- आज प्रतिनिधिसभा बैठक बस्दैछ ।  संघीय संसद्‌ भवन बानेश्वरमा प्रतिनिधिसभाको द...

'चन्द्र भण्डारीकै इच्छाअनुसार संसदमा बोल्ने विशेष व्यवस्था'

इकागज | जेठ १०, २०८०

काठमाडौं - आगलागीको घटनापछि स्वास्थ्यलाभ गर्दै गरेका कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले बुधबार प्रतिनिध...