संसद्

राष्ट्रिय योजना आयोगले पायो पूर्णता

इकागज | जेठ २१, २०८०

काठमाडौँ- राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आइतबार राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्य डा.अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले लामो समयपछि पूर्णता पाएको हो ।

नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सदस्यका रूपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो ।

आयोगका प्रवक्ता तथा सदस्य डा. रामकुमार फुयालले सदस्य ढुंगानाले शपथ लिएसँगै कार्यभार समेत समालेकाे बताए । उनले राष्ट्रिय योजना आयोगमा गठन आदेशमा उपाध्यक्षसहित ७ जना पदाधिकारी रहने व्यवस्था रहेको बताए । उनले ६ जना सदस्यमा एक जना महिला सदस्य हुनु पर्ने अनिवार्य व्यवस्था रहेको पनि उल्लेख गरे ।

प्रवक्ता फुयालले ५ जना आयोगको सदस्यमा गत माघ ४ गतेको मन्त्रिपरिषद्ले निर्णय गरेर नियुक्त भएको जनाए । उनले नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएको बताए ।

उनले सरकारले ल्याएको बजेटमा मन्त्रालयहरूलाई आयोगले सहयोग गर्ने र भएका योजनाहरूको अनुगमन र मूल्याङ्कनमा कसरी जोड दिने विषयमा आयोग लाग्ने बताए । उनले सरकारको सरकारले गर्ने पुँजीगत खर्च कसरी बढाउने भन्ने विषयमा वृहत् छलफल गरेर अगाडि बढ्ने बताए ।

२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षका रूपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए । आयोगको सदस्यहरू डा. रामकुमार फुयाल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, र डा. रमेश पौडेल नियुक्त भइसकेका थिए । आयोगले सदस्यहरूलाई विभिन्न जिम्मेवारी समेत दिएको छ । जसमा सदस्यहरू डा. फुयाललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारीे डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसैगरी डा. बुढाथोकीलाई उर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै वागमती प्रदेश, डा. बिच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा. पौडेललाई शिक्षा, शहरी विकास, युवा तथा खेलकुद साथै वागमती प्रदेशको जिम्मेवारी दिइएको छ । 
 

पूर्वसांसद मिना पाण्डेको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

इकागज | जेठ २१, २०८०

काठमाडौं - राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मिना...

संसदमा एमाले, राप्रपा र रास्वपाकाे नाराबाजी, बैठक एक घण्टाका लागि स्थगित

इकागज | जेठ २१, २०८०

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा, रास्वपालगायतको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक एक ...

राष्ट्रिय महत्वका अभिलेख तथा दस्तावेज संरक्षण गर्न सांसदको माग

इकागज | जेठ १८, २०८०

काठमाडौँ- राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सांसदहरूले राष्ट्रिय महत्त्व...

२५ लाख रुपैयाँसम्मका सहायक राजमार्गको काम सम्बन्धित प्रदेशबाटै गर्ने

इकागज | जेठ १५, २०८०

काठमाडौँ- सरकारले २५ लाख रुपैयाँसम्मका सहायक राजमार्गको काम सम्बन्धित प्रदेशबाटै गर्ने व्यवस्था गरेको छ ।...

कूल पुँजीगत बजेटको न्यूनतम १ प्रतिशत बजेट अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा

इकागज | जेठ १५, २०८०

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको कूल पुँजीगत बजेटको न्यूनतम १ प्रतिशत बजेट अनुसन्धान, नवप्रव...

सवारी साधानको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई इन्धनबापत नगदै दिइने

इकागज | जेठ १५, २०८०

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षबाट सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई इन्धनबापत न...