संसद्

सांसदको प्रश्न

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?

इकागज | जेठ ९, २०८०

काठमाडौँ- सांसद लीलानाथ श्रेष्ठले सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको स्रोत कहाँ छ भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारकाे बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद श्रेष्ठले राजस्व सङ्कलनभन्दा खर्च बढी भएको भन्दै नीति तथा कार्यक्रम कार्यान्वयन सम्भव नहुने जिकिर गरे ।

'सरकारले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमअनुसार अङ्क उल्लेख गरी बजेट प्रस्तुत गर्न सक्छ ? यसका लागि सरकारसँग पैसा कहाँ छ ?' उनले प्रश्न गरे ।

सांसद शेरबहादुर कुँवरले नीति तथा कार्यक्रमको समर्थन गर्दै विश्वासको वातावरणबाट पुँजी निर्माणको कार्यक्रम सफल बनाउनुपर्नेमा जोड दिए । सांसद रणेन्द्र बरालीले सरकारको नीति तथा कार्यक्रम फिर्ता लिने नजिर नभएको भन्दै कार्यान्वयनका लागि शुभकामना व्यक्त गरे ।

सांसद रेखा यादवले नीति तथा कार्यक्रममा आवश्यकताका आधारमा कार्यक्रम दोहोरिएको बताइन् । सांसद हृदयराम थानीले नीति तथा कार्यक्रममा राम्रा विषय समेटेको भन्दै विरोधको औचित्य नभएको बताए । 

सांसद आरजु देउवाले सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाउँदै आगामी आवको बजेटमा महिलाको आर्थिक सबलीकरणमा जोड दिनुपर्ने बताइन् । उनले नीति तथा कार्यक्रममा आमा सुरक्षा कार्यक्रम नछुटाउन सुझाव राखे ।  

सांसद अनिशा नेपालीले नीति तथा कार्यक्रममा पुरानै कुरा उल्लेख गरिएको भन्दै समेटिएका विषय पनि कार्यान्वयनमा चुनौतीपूर्ण देखिएको बताए । 

सांसद हरि ढकालले सरकार नीति तथा कार्यक्रममा चुकेको बताए । उनले नीति तथा कार्यक्रम तय गर्दा सबैको सुझाव नसमेटिएको भन्दै गुनासो गरे । 'सरकारले रचनात्मक सुझाव लिन इच्छुक देखिएन र युवा सांसदहरूको भावना बुझ्ने प्रयास गरिएन ।' 
    
सांसद अच्युतप्रसाद मैनालीले तराई-मधेश समृद्धिका विषय सरकारको नीति तथा कार्यक्रमले समेट्न नसकेको बताए ।

कृषि क्षेत्रको उत्पादन बढाउन पकेट क्षेत्र निर्धारण गर्नुपर्छ : सन्तोष चालिसे

इकागज | जेठ ९, २०८०

काठमाडौँ–कांग्रेस सांसद सन्तोष चालिसेले कृषि क्षेत्रको उत्पादन बढाउन पकेट क्षेत्र निर्धारण गरेर कार्...

राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडि बढाउनुपर्छ : सांसद पाण्डे

इकागज | जेठ ९, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय ग...

नीति तथा कार्यक्रममाथि संसद्‍मा हुने छलफल कर्मकाण्डी : अध्यक्ष तिमिल्सिना

इकागज | जेठ ९, २०८०

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ऐन, कानुनको प्रभावकारी कार्यान्वयन हुन नसके...

माओवादी सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधी देखिँदा म आश्चर्य चकित छु : सि के राउत

इकागज | जेठ ९, २०८०

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष तथा सांसद सि के राउतले माओवादी सरकारले ल्याएको नीति तथा कार्यक्रम...

संसदमा रघुजी पन्तको प्रश्न– डा. रुइतका कारण देशको इज्जत बढेको छ, पाठ्यक्रमबाट किन हटाइयो ?

इकागज | जेठ ९, २०८०

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रतिनिधिसभा सदस्य रघजी पन्तले कक्षा १० को पाठ्यक्रमबाट...

एमाले लोकतन्त्रको विश्वविद्यालय हो, ओली भिसि, आर्किटेक्चर, प्रोफेसर, डाक्टर, इन्जिनियर सबै हुन् : गोकुल बास्कोटा

इकागज | जेठ ९, २०८०

काठमाडौँ–नेकपा एमाले सांसद गोकुल बास्कोटाले एमाले लोकतन्त्रको विश्वविद्यालय भएको र त्यसको भिसि, आ...

पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा रघुजी पन्तको आपत्ति

इकागज | जेठ ९, २०८०

काठमाडौँ- प्रतिनिधिसभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएक...