संसद्

मन्त्री बनाउन दुई करोड मागेको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग

इकागज | चैत २७, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको भन्ने टेलिफोन संवादको सार्वजनिक अडिओ रेकर्डबारे अध्ययन गर्न संसदीय समिति गठन गर्न माग गरिएको छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद धनराज गुरुङले उक्त अडिओमा कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएको भन्दै यसबारे अध्ययन र छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका हुन् ।

‘उक्त टेलिफोन संवादमा कोर टिमलाई दुई करोड बुझाउनुपर्ने बताइएको छ । त्यो कोर टिम भनेको को हो ? यसबारे छानबिन गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि आजकै बैठकले संसदीय समिति गठन गरियोस् ।’

साथै उनले नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहबारे पनि छानबिन गर्नुपर्ने बताए । यस कार्यमा जो सुकै भए पनि कारबाही गर्नुपर्ने उनको माग छ ।  

स्थानीय तहलाई सिंहदरबार आउनुपर्ने बाध्यताको अन्त्य गरियोस् : गगन थापा

इकागज | चैत २७, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहका प्रतिनिधि काम गराउन सिंहदरबार धाउन...

सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै ऐन, कानुनहरू तर्जु गर्छ : मन्त्री शर्मा

इकागज | चैत २४, २०७९

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै ऐन...

सांसदले उठाएका जनसरोकारका विषयमा मन्त्रीले जवाफ दिने व्यवस्था गर्न माग

इकागज | चैत २४, २०७९

काठमाडौँ- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले सांसदहरूल...

बच्चाको जन्मदर्तामा मावलीको थर राख्ने परिपत्र फिर्ता गर्न सांसद भट्टराईकाे माग

इकागज | चैत २४, २०७९

काठमाडौँ- नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकारले संविधान र कानुन विपरीत मावलीको थर राखेर...

संघीयता कार्यान्वयनसँग जोडिएका ऐन तत्काल ल्याउन सांसदहरूको माग

इकागज | चैत २३, २०७९

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले संघीय शिक्षा ऐन, संघीय कर्मचारी ऐनलगायतका महत्वपूर्ण ...