संसद्

'राष्ट्रियसभालाई सरकारले संघीय संसद्का रूपमा स्वीकार गर्न सकेन'

इकागज | बैशाख ४, २०८०

काठमाडौँ- राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसद्‍का रूपमा स्वीकार्न नसकेको आरोप लगाएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रतिनिधि र राष्ट्रिय सभाको महत्व बराबर भए पनि सरकारले त्यसलाई स्वीकार्न नसकेको बताए । उनले सरकारले पनि संघीय संसद् भनेको राष्ट्रिय सभा पनि हो र राष्ट्रिय सभा पनि संघीय संसद्‍को एउटा पार्ट हो र राष्ट्रिय सभा बिनासंघीय संसद् हुन सक्दैन भन्ने कुरा मान्न नसकेको बताए ।

देवले प्रतिनिधि सभाभन्दा कुनै पनि हिसाबले राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर नरहेको जिकिर गरे । उनले सरकारले राष्ट्रिय सभाका ४ वटा समितिहरूले दिने निर्देशन र सुझाव सरकारले गम्भीरताका साथ नलिएको पनि बताए ।

राष्ट्रिय सभा सदस्य देवले आगामी दिनमा सरकारले संसदीय समितिहरुले दिने निर्देशन र सुझावलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए ।

राष्ट्रिय गौरवका आयोजनाका काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न माग

इकागज | बैशाख ४, २०८०

काठमाडौँ- राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूको काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्ण...

प्रतिनिधिसभा नियमावलीमा आधारित भएर आफ्नो अभिव्यक्ति दिन सांसदलाई सभामुखकाे आग्रह

इकागज | बैशाख ३, २०८०

काठमाडौँ- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीमा आधारित भएर संसद्‍...

सेती नदीको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था मिलाउनुपर्छ : सांसद भट्टराई

इकागज | बैशाख ३, २०८०

काठमाडौँ- नेकपा एमालेकी सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति ...

चिकित्सा शास्त्र स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन माग

इकागज | बैशाख ३, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तरगतको स्नातकोत्तर त...

रास्वपाले ढाका श्रेष्ठलाई गरेको कारबाहीबारे संघीय संसद् सचिवालयले अध्ययन गर्ने

इकागज | बैशाख २, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाही...