संसद्

‘मिटरब्याजी पीडितको पीडामा मलहम लगाउ सरकार’

इकागज | चैत १६, २०७९

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याजी पीडितहरू साहुको ऋणको भारका साथै शारीरिक र मानसिक रुपमा पीडित रहेको भन्दै उनीहरूको पीडालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
      
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले पीडितहरूलाई चाँडो न्याय दिलाउन वार्तामार्फत समाधान खोज्न सरकार समक्ष आग्रह गरेका हुन् । सांसद जयन्तीदेवी राईले मिटरब्याजी पीडितको समस्यालाई गम्भीरतापूर्वक लिँदै वार्ता र संवादका माध्यमबाट तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद नन्दा चपाइले जनताको विकास निर्माणको चाहनालाई दलहरूले गम्भीर रुपमा लिनुपर्ने बताइन् । उनले जनचाहना अनुरुप गणतन्त्रको संस्थागत विकास र विसकास र समृद्धिको आभाष दिलाउन नेताहरूले गम्भीरता देखाउनुपर्नेमा जोड दिइन् । सांसद डा. बिमला राई पौडयालले मिटरब्याजसम्बन्धी तत्काल कानुन संशोधन गरी कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिनुपर्नेमा जोड दिइन् ।
 
सांसद दुर्गाकुमारी गुरुङले द्वन्द्व पीडितको समस्या समाधान गरी शान्ति प्रक्रियालाई चाँडो टुङ्गोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद सोनाम ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा लामो समयदेखि नेतृत्वविहीन रहेको र कायम मुकायमकै भरमा चलिरहेको भन्दै प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद राधेश्याम पासवानले मिटरब्याजी पीडितहरू मानसिक र शारीरिक रुपमा पीडित रहेकाले सरकारले समस्या समाधानमा तदरुकता देखाउनुपर्ने बताए । रासस

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संशोधन गरेर अघि बढाउनुपर्ने भन्दै सभामुखलाई ज्ञापनपत्र

इकागज | चैत १५, २०७९

काठमाडौँ - द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संशोधन...

किन गरे शेखरले प्रधानन्यायाधीशलाई तल राखेर प्रस्ताव गरिएको विधेयकप्रति आपत्ति ?

इकागज | चैत १४, २०७९

काठमाडौँ- सांसद शेखर कोइरालाले मर्यादाक्रममा सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भन्दा प्रधानन्यायाधीशला...

सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

इकागज | चैत १२, २०७९

काठमाडौँ- प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो...

'संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने कुरा कल्पना पनि गर्न सकिँदैन'

इकागज | चैत १२, २०७९

काठमाडौँ- ​फौजदारी न्यायको सिद्धान्त अन्तरगत रहेर संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने कुरा...

सरकारलाई एमाले नेता पन्तकाे प्रश्न : सशस्त्र द्वन्द्वमा मारिएका नौ हजार सहिद हुन् वा हाेइनन् ?

इकागज | चैत १२, २०७९

काठमाडौँ- आठ हजारलाई सहिद घोषणा गर्ने सरकारको पछिल्लो निर्णयप्रति एमाले नेता रघुजी पन्तले आपत्ति ज...

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत

इकागज | चैत १२, २०७९

काठमाडौँ - राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतीले स्वीकृत भएको छ । आइतबार बसेको राष्ट्रिय सभा...