संसद्

भिभिआईपी सवारी सरलीकृत बनाउन सांसदको माग

इकागज | माघ २९, २०७९

काठमाडौँ- प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरूले भिभिआईपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराएका छन् ।

आज बसेको बैठकको शून्य समयमा सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सङ्घीय संसद्को संयुक्त बैठकलाई प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक सम्बोधन गर्न आउने र जाने क्रममा भएको सवारी अवरोधपछि चौतर्फी टिप्पणी भएको बताए । 

सांसद पन्तले राष्ट्रपतिको सवारीको पटक-पटक  विरोध भइरहेको भन्दै सवारीलाई सरलीकृत गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद मुक्ताकुमारी यादवले राष्ट्रपति सवारीलाई व्यवस्थापन गर्नपर्नेमा जोड दिइन् । सवारी व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै उनले आपत्ति जनाए । भिभिआईपीको सवारीले सर्वसाधरणलाई मर्कामा पार्न नहुने भन्दै सांसद रामहरि खतिवडाले भनाइ व्यक्त गरे ।

बैठकमा सांसद महेशकुमार बर्तौलाले किसानले आवश्यक मल र कृषि उपजले बजार नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले भने, 'मकवानपुर क्षेत्र नं २ का किसानले आवश्यक मल पाउन सकेको छैनन् । अनुदानका मल बिचौलीका कारण महँगोमा किन्न बाध्य छन् । उनीहरूले उत्पादन गरेका कृषि उपजले न बजार पाएको छ न मूल्य ।'

उनले औद्योगिक क्षेत्रको निर्माणलाई तीव्रता दिनसमेत माग गरे ।

सांसद मेनकाकुमारी पोखरेलले किसानका उत्पादनलाई प्राथमिकतामा राखेर बजारीकरण गर्न माग गरिन् । सांसद राजकिशोर यादवले किसान र व्यापारी चर्को ब्याजदरका कारण मर्कामा परेको बताए । उनले भने, 'व्यापारी बैंकबाट लिएको ऋण तिर्न नसक्दा आत्महत्याको बाटो रोजिरहेका छन् । किसान मल र बजार अभावका कारण उत्पादन सडकमा फाल्न बाध्य छन् । जनता र राज्यबीच विश्वासको खाडल कम गर्न राज्यले गरेको वाचा पूरा गर्न सक्नपर्छ ।'

सांसद रुपा सो शि चौधरीले किसानले कृषि उपजको मूल्य नपाएको तर बाह्य देशबाट कृषि उपजको आयात बढिरहेको तर्फ ध्यानाकर्षण गराइन् । सांसद रेखा यादवले सिमानाका किसानलाई नेपाली सुरक्षाकर्मीबाटै अप्ठ्यारो भइरहेको बताइन् ।  

बैठकमा सांसद रामहरि खतिवडाले भूकम्प पीडितलाई सरकारले  उपलब्ध गराउने भनिएको रकम उपलब्ध नभएको तर्फ ध्यानाकर्षण गराए । उनले प्रत्येक गाउँपालिकामा मोटररेबल सडक निर्माण गर्नुपर्नेमा जोड दिए । 

सांसद योगेशकुमार भट्ट्राईले जग्गाको मूल्य समान राख्नुपर्नेमा जोड दिए । सांसद रनेन्द्र बरालीले दलित समुदायका व्यक्तिमाथि भइरहेको अपराधसम्बन्धीका घटनामा सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाहीको माग गरे । सांसद रमा कोइराला पौडेलले भक्तपुर जिल्लामा खानेपानीको अभावप्रति सरकारले ध्यान दिनुपर्ने भनाइ व्यक्त गरिन् । 

उनले चिया उद्यानमा काम गर्ने श्रमिकका लागि पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने धारणा राखिन् । सांसद रामकृष्ण यादवले धनुषा जिल्लामा विभिन्न समयमा शिलान्यास भएको सडक र पुलको निर्माण छिटो सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराए । सांसद लक्ष्मी तिवारीले नागरिकले नागरिकता प्राप्त गर्न बेहोर्नु परेको सास्तीबारे भनाइ राखिन् ।

कुनै पनि कालखण्डका भ्रष्टाचारजन्य अपराधलाई बाहिर ल्याउँछौं : अर्थमन्त्री पौडेल

इकागज | माघ २९, २०७९

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै पनि कालखण्डका भ्रष्टाचारजन्य अपराधहरूलाई ...

संसद्‍मा ज्ञानेन्द्र शाहीकाे प्रश्न : सरकारले मतपत्र छाप्न सक्छ तर किताब छाप्न किन सक्दैन ?

इकागज | माघ २९, २०७९

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले हिमाली जिल्लाहरूमा फागुन १ गतेदेखि ...

चालु आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक वृद्धिदरको ८ प्रतिशतको लक्ष्य पूरा हुँदैन : अर्थमन्त्री पौडेल

इकागज | माघ २९, २०७९

काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक...

अर्थतन्त्रको समस्या समाधान गर्न प्रयत्नरत छु : अर्थमन्त्री

इकागज | माघ २९, २०७९

काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्...

रघुजी पन्तले भने : राष्ट्रपतिको सवारी हुँदा भएको जामको दोषी राष्ट्रपति होइन

इकागज | माघ २९, २०७९

काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सवारी हुँदा भएको जामको दोषी रा...

सम्पति शुद्धिकरण विधेयक संसद्‌को चालु अधिवेशनमा दर्ता हुने पहिलो विधेयक

इकागज | माघ २९, २०७९

काठमाडौँ- सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संश...