संसद्

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

इकागज | जेठ ७, २०८१

काठमाडौं - सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठक अहिले बिहान १० बजे संसद भवन बानेश्वरमा बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । सत्ता घटक जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनु परेको हो ।

गृहमन्त्री लामिछानेको स्पष्टीकरण : गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्‍न छैन

इकागज | जेठ ६, २०८१

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टीकरण दिएका छ...

गृहमन्त्री लामिछानेको चेतावनी : अब देश तपाईँहरूको गनगनले मात्र चल्दैन

इकागज | जेठ ६, २०८१

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाईँहरूको गनगनले मात्र देश नचल्ने चेतावनी दिँ...