संसद्

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

इकागज | जेठ ६, २०८१

काठमाडौँ - सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै छन् ।

आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुखको सचिवालयका अनुसार आजको संसद बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेका हुन् ।

प्रमुख चार दलहरूबीच सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएपछि आजै समितिको कार्यादेश टुंगो लगाउने छलफल जारी रहेको छ । कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलको बैठक अहिले जारी रहेको छ । कार्यदलले कार्यादेशमा सहमति बनाए आजको संसद बैठक बिना अवरोध बस्ने देखिएको छ ।
 

प्रधानमन्त्री र ओलीलाई सभामुखको सुझाव : अवरोधका बीच विश्वासको मत लिँदा राम्रो सन्देश​ जाँदैन

इकागज | जेठ ५, २०८१

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा...