संसदमा बोल्न नपाएपछि गृहमन्त्री लामिछानेले भनेः यति घिन लाग्दो मिडिया ट्रायल
काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले संसदमा एक पटक बोल्न पाउनुपर्ने माग गरेका छन् । उनले बिहीबार नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि एक पटक बोल्न पाउनु पर्ने माग राखेका हुन् ।
उनले भनेका छन्,’एक पटक बोल्न पाउनु पर्यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल ?'
संसदीय समिति छानबिन गर्नुपर्छ भन्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आइरहेको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने मुसिए पछि कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आइरहेको छ ।