सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
काठमाडौँ- राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बोलाइएको बैठक संघीय संसद् सचिवालय सिंहदरबारस्थित समितिको हलमा बस्ने जानकारी दिइएको छ ।
बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षालगायत विषयमा छलफल हुने कार्यसूची रहेको समितिको सचिवालयले जनाएको छ ।