माओवादीले प्रधानमन्त्रीको विश्वासको मत र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थित हुन ह्विप जारी गर्ने

इकागज | फागुन २६, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीको विश्वासको मतका साथै राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थित हुन ह्विप जारी गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थित हुन आफ्ना दलका सदस्यहरूलाई ह्विप जारी गर्ने निर्णय गरिएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । प्रधानमन्त्रीले विश्वासको मत लिने मिति र राष्ट्रिय सभा अध्यक्ष उम्मेदवारका बारेमा आइतबारसम्म टुङ्गो लाग्ने उनले बताए ।

बैठकमा संसदको कार्यतालिकालाई प्रभावकारी बनाउने विषय र आगामी बजेटको सिद्धान्त र प्राथमिकताको छलफलका विषयमा पनि छलफल भएको पाण्डेले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई अघि बढाउनका लागि दृढताका साथ लाग्नुपर्नेमा जोड दिएको प्रमुख सचेतक पाण्डेले बताए । 

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम कांग्रेसले गर्दैन : महामन्त्री शर्मा

इकागज | फागुन २६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम पार्टीले ...

राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता : रामबहादुर थापा

इकागज | फागुन २५, २०८०

गुल्मी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले देशमा उत्...

एमाले सचिवालय बैठक : नयाँ सत्ता समीकरणले राजनीतिक स्थायित्व र जनतामा आशा जगाउने

इकागज | फागुन २५, २०८०

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा लिएको...

गठबन्धन परिवर्तनको निर्णय अहिलेको व्यवस्था, संविधान र राष्ट्रका लागि हो : पम्फा भुसाल

इकागज | फागुन २५, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष पम्फा भुसालले अहिलेको व्यवस्था, संविधान र राष्ट्रका ...

महिला लेखकहरूले समाजको अन्याय र उत्पीडनका विषयमा साहित्यमार्फत उजागर गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य

इकागज | फागुन २५, २०८०

काठमाडौँ- ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । विश्व महिला आन्दो...

महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि आमनागरिकलाई जागरूक बनाउन आवश्यक : सभापति देउवा

इकागज | फागुन २५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले ह...