बागमती प्रदेशका ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा

इकागज | फागुन २३, २०८०

बागमती - बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन् । 

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले मुख्यमन्त्रीसमक्ष संयुक्तरुपमा राजीनामा दिएका हुन् ।

नेपाली कांग्रस संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिलामन्त्री लामा र खानेपानीमन्त्री तीर्थबहादुर लामा गत वर्ष चैत २६ गते मन्त्री नियुक्त भएका थिए भने अन्य चार जना गत जेठ ७ गते नियुक्त भएका थिए । 

बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीसहित पाँच दलको समर्थनमा अघिल्लो वर्ष पुस ५ गते नेकपा (माओवादी केन्द्र) का नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा सरकार गठन भएको थियो । सत्तासाझेदार दलहरू एमाले र राप्रपाले सरकार छाडेपछि नेपाली कांग्रेससँग मिलेर गत चैतमा मुख्यमन्त्री जम्कट्टेलले सरकार पुनर्गठन गरेका थिए । 

संघीय सत्ता गठबन्धनमा आएको परिवर्तनले बागमती प्रदेश सरकार पनि एक पटक पुनर्गठन भइसकेको छ । बागमती प्रदेशसभामा सात दलको प्रतिनिधित्व छ । नेपाली कांग्रेस ३७ सदस्यसहित सबैभन्दा ठूलो दल हो भने नेकपा (एमाले) का २७ सदस्य सहित दोस्रो ठूलो दल हो । प्रदेशमा नेकपा (माओवादी केन्द्र) का २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् । 

नयाँ गठबन्धन दल एमाले, माओवादी र एकीकृत समाजवादीले साझेदारी गर्दा बागमती प्रदेशमा ५५ जना सदस्यको समीकरण बन्दछ । एक सय १० सदस्यीय बागमती प्रदेशसभामा यो समीकरण सरकार गठनका लागि पर्याप्त हुँदैन । 
 

प्रचण्डलाई विश्वासको मत दिनेबारेकाे निर्णय अध्यक्ष चाैधरीले लिने

इकागज | फागुन २३, २०८०

काठमाडौं - नागरिक उन्मुक्ति पार्टीले अन्ततः प्रतिपक्षमा बस्ने भएको छ । भर्खरै सम्पन्न केन्द्रीय समितिको बै...

विगतमा प्रचण्डले जसलाई हटाए, ओलीले तीनैलाइ मन्त्री बन्न पठाए

इकागज | फागुन २३, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको सरकार नेकपा एमालेले पुरानै मन्त्रीहर...

मन्त्री पदबिना बाँच्नै नसक्ने नारायणकाजी, प्रचण्डको कार्यकालमा तीन-तीन मन्त्रालयमा सरूवा

इकागज | फागुन २३, २०८०

काठमाडौं - नेकपा माओवादी केन्द्रका पुनर्गठित सरकारमा अधिकांश पुरानैले निरन्तरता पाएका छन् । पुराना ...

प्रचण्ड सरकारमा जान जनमतले खोज्यो मधेश मुख्यमन्त्रीको सुनिश्चतता

इकागज | फागुन २३, २०८०

काठमाडौं - मधेस प्रदेशको मुख्यमन्त्री सुनिश्चित भए पछि मात्रै जनमत पार्टी सरकारमा सामेल हुने भएको छ । ...