एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलियो : ओली

इकागज | मंसिर १६, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताएका छन् । शनिबार महाकाली-मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी समेत गरे । उनले सरकारले गुण्डागर्दी र अपराधीहरूलाई संरक्षण गरिरहेको आरोप लगाए । उनले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने भन्दै देशलाई अघि बढाउने कामको नेतृत्व एमाले बाहेक अरु राजनीतिक दलहरूले गर्न नसक्ने बताए ।

‘म एमालेका नेता कार्यकर्ताहरूलाई भन्न चाहन्छु, अहिले पनि अरु पार्टीमा अलमलिएर रहेका साथीहरूलाई नेकपा एमालेमा आमन्त्रण गर्नुस् । एमालेले सरकार छोडेपछि देशको अवस्था के भयो ? सबैले देख्नुभएको छ । बुझ्नुभएको छ । देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र यस्तो फैलिएको छ । भ्रष्टाचार, तस्करी, मौलाएको छ,' उनले भने, 'सरकारले गुण्डागर्दी र अपराधीहरूलाई संरक्षण गरेर त्यसको विकास भइरहेको छ । यस्तो अवस्थामा यस स्थितिबाट परिवर्तन गर्नका लागि हामीले देख्यौँ, नेकपा एमाले बाहेक अरु कुनै पार्टीले यो देशलाई अघि बढाउने कामको नेतृत्व गर्न सक्दैन ।’

अध्यक्ष ओलीले नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताए । उनले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास हुनुपर्ने उल्लेख गर्दै नेपाल जस्तो प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरूले सम्पन्नता भएको देश गरिब रहनसक्ने देश नभएको जिकिर गरे ।  

मुलुकमा स्थायी रूपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक छ : दुर्गा प्रसाईं

इकागज | मंसिर १६, २०८०

ललितपुर- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा स्...

एमाले महाकाली-मेची अभियान : मध्यपहाडी लोकमार्गको दूरी छोट्याउन इन्जिनियरसहितको टोली परिचालन

इकागज | मंसिर १६, २०८०

काठमाडौँ- नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको दूरी छोट्याउन अध्ययनका लागि इन्जिनियहरूसहितको टोल...

राप्रपाले पुस २७ गतेबाट एजेण्डागत कार्यक्रम घोषणा गर्ने

इकागज | मंसिर १६, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्...

डोटीमा ओलीले भने : प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन

इकागज | मंसिर १५, २०८०

डोटी- नेकपाका एमाले अध्यक्ष केपी शर्माले पार्टीभित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टी जोडिएको ...

चन्द्र भण्डारीले नवलपरासी पुगेर भनेः शेखर कोइरालालाई सबैले सभापति भएको हेर्न चाहन्‍छन्

इकागज | मंसिर १५, २०८०

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले एक पटक नेपाली जनताले शेखर कोइरालाला...

राजसंस्था, हिन्दुराष्ट्र पक्षधरबीच मोर्चा निर्माण आवश्यक : कमल थापा

इकागज | मंसिर १५, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आजको ...

सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता : ओली

इकागज | मंसिर १५, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता ...