कोशी प्रदेश

मुख्यमन्त्री कार्कीको सपथ २ बजे, एमालेका राना र कांग्रेसका खत्रीलाई मन्त्री बनाउने तयारी

बाबुराम भण्डारी | असोज २८, २०८०

विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज मुख्यमन्त्री पदको सपथ लिने भएका छन् । मुख्यमन्त्रीको सपथ ग्रहण आइतबार दिउँसो २ बजे हुने गरी समय निर्धारण भइसकेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबाट माओवादी केन्द्रका इन्द्र बहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय विपरित कांग्रेसका प्रदेश सभा सदस्य कार्की नेता डा.शेखर कोइराला समूहका ८ र एमालेका ३९ जना सांसदहरुको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीको पक्षमा ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ जनाले सनाखत गरेको घोषणा गर्दै संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्री नियुक्त गरेका थिए ।

एमालेको समर्थनमा मुख्यमन्त्री बन्न सफल भएका कार्कीले एमालेबाट इलामका राम बहादुर राना र डा. शेखर कोइराला समूहका उदयपुरका रामकुमार खत्रीलाई मन्त्री नियुक्त गर्ने तयारी गरेको जनाइएको छ । सत्ता गठबन्धनको निर्णयविरुद्ध एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले कोशी प्रदेश सरकारमा एमाले बाहेक अन्य दलबाट मन्त्री चयन गर्ने अहिल्यै सम्भावना छैन ।

कार्की मुख्यमन्त्री नियुक्त भइसकेका कारण गठबन्धनले बाध्य भएर कार्की नेतृत्वको सरकारलाई स्वीकार गर्ने बाहिरी संकेत देखाएको भएपनि कार्कीले एमालेलाई छाड्ने अवस्था नदेखिएको जनाइएको छ ।

एमाले स्रोतका अनुसार कार्की नेतृत्वको सरकारमा एमाले संसदीय दलका उपनेता समेत रहेका रानालाई मन्त्री बनाएर लैजान सहमति जुटिसकेको जनाइएको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका राना प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भइसकेका छन् । 

कांग्रेसको विद्रोही समूहको नेतृत्व गरेका इलामका शम्सेर राई पनि मन्त्रीको आकांक्षी रहेका छन् । तर उनलाई दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा मन्त्री बनाउने गरी अहिले खत्रीलाई सपथ ग्रहण गराउने बिषयमा सहमति नजिक पुगेको जनाइएको छ ।

खत्री भने उद्धव थापा पहिलो पटक मुख्यमन्त्री बनेपछि विनाबिभागीय मन्त्री नियुक्त भएका थिए । तत्कालिन सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा मुख्यमन्त्रीका नियुक्तिका लागि दाबी पेश गरेका थापा नेतृत्वको सरकारको गठनसम्बन्धि सम्पूर्ण प्रक्रिया सर्वोच्च अदालतले बदर गरिदिएपछि उनले पनि थापा क्याबिनेटबाट हट्नु परेको थियो । सोही कारण खत्री यसपटक कार्कीको पहिलो रोजाईमा मन्त्रीमण्डलमा सहभागी हुने जनाइएको छ ।
 

कांग्रेस रूपन्देही २ को सभापतिमा संस्थापन पक्षका प्रजापाल गिरी निर्वाचित

इकागज | असोज २७, २०८०

बुटवल- नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापतिमा संस्थापन पक्षका प्रजापाल गिरी निर्वाचित भएका छ...

दुर्गा भवानीले सबैमा सकारात्मक सोच्न सक्ने शक्ति प्रदान गरुन् : आरजु देउवा

इकागज | असोज २७, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले माता दुर्गा भवानीले सबैमा सकारात्मक स...

केदारलाई काँध हालेका हिक्मतले भने : सिट संख्या र शक्तिका आधारमा सिट बाँडफाँट गर्न लचिलो छौं

बाबुराम भण्डारी | असोज २७, २०८०

विराटनगर- कोशी प्रदेशमा सत्ता गठबन्धनको निर्णयविरुद्ध विद्रोह गरेका कांग्रेसकै प्रदेश सांसद केदार कार्कीला...

मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्छ : महामन्त्री शर्मा

इकागज | असोज २७, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्न...

कमल थापाकाे प्रश्न : वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ?

इकागज | असोज २७, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संर...

अराजकहरूलाई कानुनी दायरामा नल्याए प्रतिकारमा उत्रिन बाध्य हुने छौं : महेश बस्नेत

इकागज | असोज २७, २०८०

काठमाडौँ- नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले अराजकहरूको कारण मुलुकमा लोकतान्त्रिक हकअध...

'गठबन्धनको मात्रै संख्याले मध्यावधिमा जाने सम्भावना थियो'

बाबुराम भण्डारी | असोज २७, २०८०

विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशलाई मध्यावधिमा जानबाट रोक्नका लागि सां...