४० वर्ष उमेर पुगेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा हुन ढकालकाे आग्रह

इकागज | फागुन २, २०७९

काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरूलाई अनेरास्ववियुबाट बिदा हुन आग्रह गरेका छन् ।

मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पार्टीको जनसम्पर्क समन्वय समिति संयोजक समेत रहेका स्थायी कमिटी सदस्य ढकालले ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरूलाई संगठनबाट बिदा हुन आग्रह गरेका हुन् । उनले विद्यार्थी संगठन छोडेर पार्टीका काममा लाग्न आग्रह गरे ।

उनले भुगोलमा काम नगरी पार्टीले निर्वाचनको टिकट पनि नदिने भन्दै भुगोलमा गएर पार्टीको काम गर्न सुझाव दिए । संगठनबाट स्वेच्छाले बाहिरिने विद्यार्थी नेताहरूलाई पार्टीले पहिलो प्राथमिकतामा राखेर जिम्मेवारी दिने पनि उनले बताए । उनले उच्च समझदारीका साथ नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

ढकालले विद्यार्थी संगठनले पुरानो तरिकाको राजनीति नगरी रचनात्मक तरिकाले कामहरू गर्नुपर्ने बताए । उनले एमालेमा कसैले संस्थागत गुट बनाउँछ भने सो कुरा स्वीकार्य नहुने जिकिर गरे । निर्वाचन भएको खण्डमा प्यानल नबनाइ एक्लाएक्लै उम्मेदवार बन्नुपर्ने उनकाे भनाइ छ ।

एमालेको नेतृत्वमा सरकार हुँदा मात्र नागरिक समाजको नाममा सडकमा आन्दोलन हुन्छ : महासचिव पोखरेल

इकागज | फागुन २, २०७९

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक समाजका अगुवाहरूका विरुद्धमा अनेरास्ववियु ...

ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशन सुरु, सहमतिमा नेतृत्व चयन गर्न केपी ओलीको सुझाव

इकागज | फागुन २, २०७९

काठमाडौं- एमालेनिकट अनेरास्वियुको २३औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा एमाल...

पुर्वअर्थमन्त्री भरतमोहनकी छोरी लिमा रास्वपाको केन्द्रीय सदस्य

इकागज | फागुन २, २०७९

काठमाडौँ- पुर्वअर्थमन्त्री भोरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र ...

फागुनको १० गतेसम्म वर्तमान सत्ता गठबन्धन भत्किन्छ : गगन थापा

इकागज | फागुन १, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुनको १० गतेसम्म वर्तमान सत्ता गठबन्धन भत्किने ब...

नेकपा बहुमतले नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेको छ :  धमेन्द्र बास्तोला

इकागज | फागुन १, २०७९

काठमाडौँ - नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलाले नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेको बताएका छन् ।...