धनगढी पुगेर माधव नेपालले भने : रेशम चौधरीको रिहाइ आवश्यक छ

इकागज | माघ २९, २०७९

धनगढी- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीको रिहाइ आवश्यक रहेको बताएका छन् । धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री रहेका नेपालले राजनीतिक प्रकृतिका मुद्दालाई चाँडो टुंगो लगाउनुपर्ने भन्दै उनले रेशमको रिहाइ आवश्यक रहेको बताएका हुन् ।

शान्ति प्रक्रियासँग जोडिएका, विप्लवका मुद्दा, आफूहरूकै पनि कतिपय मुद्दा चाँडो टुंगोमा पुर्‍याउनुपर्ने उनको धारणा थियो । सुदूरपश्चिममा एमाले नेतृत्वको सरकारलाई रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ढलेको थियो ।

माओवादी केन्द्रसमेतको सहभागिता रहेको सरकार ढलेपछि सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस नेतृत्वमा सरकार बनेको छ र एकीकृत समाजवादी पनि सरकारमा सम्मिलित छ । यो सरकारले पनि ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । त्यसका लागि नागरिक उन्मुक्ति वा माओवादी केन्द्रका सांसदहरूको मत आवश्यक पर्छ । 

अनेरास्ववियुको नयाँ नेतृत्व सहमतिबाट नभए विद्युतीय मेसिनबाट मतदान गरी छान्ने

इकागज | माघ २९, २०७९

काठमाडौँ - एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को आउँ...

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौं : पूर्वप्रधानमन्त्री नेपाल

इकागज | माघ २९, २०७९

अत्तरिया- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवा...

राष्ट्रपतिका विषयमा सत्तारूढ दलबीच कुनै विमति छैनः मन्त्री लिङदेन

इकागज | माघ २९, २०७९

काठमाडौँ - सत्तारूढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ । आइतबा...

जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ : शशांक कोइराला

इकागज | माघ २९, २०७९

नवलपुर - नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने...

संसदमा झण्डै शतप्रतिशत मत पाउनु सामान्य कुरा होइन, एउटा इतिहास लेखियो : प्रधानमन्त्री दाहाल

इकागज | माघ २८, २०७९

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा झण्डै शतप्रतिशत मत प्राप्त गरेर एउटा इतिहास लेखिएको बताए...

राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलायाे : उपमहासचिव गुरुङ

इकागज | माघ २८, २०७९

काठमाडौं- नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई रोक्न कां...

राज्य संरचनामा नयाँ प्रविधिलाई बुझ्ने मान्छे हुनुपर्छ : डा. राउत

इकागज | माघ २८, २०७९

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँ-नयाँ प्रविधिलाई बुझ्नसक्न...