राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारले नै जित्ने बस्नेतकाे दाबी

इकागज | माघ २७, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारले जित्ने दाबी गरेका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले सबै दलको सहयोगले नै राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारले जित्ने दाबी गरेका हुन् । उनले अहिलेको शक्ति सन्तुलन मिलाउनका लागि पनि राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्नुपर्ने बताए ।

एमालेको राष्ट्रपति भए अब पनि रबर स्ट्याम्प मात्रै हुने उनकाे भनाइ छ ।

त्यस्तै एमाले नेता योगेश भट्टराईले संसद् मार्फत राष्ट्रपतिले राखेका विषयहरूलाई सरकारले मार्गदर्शनका रूपमा लिनुपर्ने बताए ।​​ उनले मुलुकमा देखिएको आर्थिक लगायतका सबै समस्यालाई समाधान गर्न एकताबद्ध भएर लाग्नुपर्ने  धारणा राखे । 

वैकल्पिक शक्तिको एजेण्डा बोक्ने दलहरूलाई स्थापित दलहरूले नै सिध्याउँछन् : सिके राउत

इकागज | माघ २७, २०७९

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके)ले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरूला...

समावेशी र सहभागितामूलक लोकतन्त्र अबको वैकल्पिक राजनीति : डा.भट्टराई

इकागज | माघ २७, २०७९

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ ...

ज्ञानेन्द्र शाही भन्छन् -  प्रहरीले प्रक्राउ गर्दैमा सांसदहरूलाई निलम्बन गर्न हुँदैन

इकागज | माघ २७, २०७९

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रहरीले प्रक्राउ गर्दैम...

सरकारका कामको समीक्षा, मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा छलफल

इकागज | माघ २७, २०७९

काठमाडौँ - सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकारका कामकारबाहीबारे पनि छलफल भएको छ...