रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालन हुनुपर्छः  डा. भट्टराई

इकागज | माघ २६, २०७९

काठमाडौँ - पूर्वप्रधानमन्त्री डा  बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणाा व्यक्त गरेका छन् । साउथ वेस्टर्न स्टेट कलेजद्वारा आज आयोजित विज्ञान प्रदशर्नी कार्यक्रम उद्घाटन गर्दै उनले रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए । 

उच्च शिक्षा अध्ययनका क्रममा बर्सेनि हजारौँ विद्यार्थी विदेशिने गरेको चर्चा गर्दै उनले भने, ‘गुणस्तरीय शिक्षा प्रदान गरी युवा वर्गलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नेतर्फ राज्य र  शिक्षण संस्थाहरूको पनि ध्यान जान आवश्यक छ ।' उनले हाम्रा विद्यार्थी विदेश जानबाट रोक्नका लागि स्वदेशमै सूचना प्रविधिमा आधारित भई प्राविधिक, व्यावसायिक र सीपमूलक शिक्षा उपलब्ध गराउन सक्नुपर्ने बताए । 

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संस्थागत र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा उपलब्ध गराउनेतर्फ नगरपालिकाको ध्यान गएको बताए । क्याम्पस प्रमुख डा राजेन्द्रसिंह केसीले बजारको मागअनुसार समयसान्दर्भिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ शिक्षणसंस्थाको ध्यान जानुपर्नेमा जोड दिए । 

बसुन्धारास्थित सो क्याम्पस हाताभित्र सञ्चालित विज्ञान प्रदशर्नी भोलिसम्म चल्ने सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले जानकारी दिए । रासस

नेकपा एस देखि अन्य पार्टीसँग एकीकरणका लागि माओवादी प्रयास जारी

इकागज | माघ २६, २०७९

काठमाडौँ - नेकपा माओवादी केन्द्रले विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दलसँग पार्टी एकीकरण र मोर्चाका ...

माओवादी बैठकको निष्कर्ष: विश्वासको मतले राष्ट्रिय सहमतिको आधार निर्माण

इकागज | माघ २६, २०७९

काठमाडौँ - पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले क्रमशः राष्ट्रिय सहमतिको आधार निर्...

एक सातामै प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच दुई पटक भेटघाट

इकागज | माघ २६, २०७९

काठमाडौ - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रमचन्द विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ...

हार्नेहरूले हो आत्मसमर्पण गर्ने, योद्धाहरू सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन् : रन्जिता श्रेष्ठ

इकागज | माघ २६, २०७९

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफूहरूले आत्मसमर्पण नगर्ने बताएकी छन् । आफ्ना प...