भीम रावल भन्छन् - इमान्दार राजनीतिकर्मी गालीगलौजमा उत्रिन्‍न, रविको जाँच गरौं

इकागज | माघ २३, २०७९

काठमाडौँ - नेकपा (एमाले)का नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तथ्य जाँच गर्न माग गरेका छन् । सोमबार बिहानै सामाजिक सन्जालमार्फत् नेता रावलले लामिछाने गाली गलौजमा उत्रिएको भन्दै तथ्य जाँच गर्नुपर्ने बताएका हुन् । 'राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश-जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ,' उनले लेखेका छन्, 'आलोचना सुन्छ। सत्य तथ्य -औँल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौं।'

लामिछानेले आइतबार पत्रकार सम्मेलन गर्दै मिडियाको चर्को आलोचना गरेका थिए । सरकारबाट बाहिरने निर्णय गरेलत्तै आयोजित पत्रकार सम्मेलनमा लामिछानेले मिडिया सन्चालक, सम्पादक र पत्रकारकमाथि विभिन्न लान्छना लगाउने काम गरेका थिए । जसको अहिले व्यापक आलोचना भइरहेको छ । नाम नै लिएर प्रकाशक र सम्पादकविरुद्ध उत्रिएका लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघलगायत विभिन्‍न संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् ।

नागरिकता विवादमा अदालतले दोषी ठहर गरेपछि लामिछानेको सांसद र मन्त्री पद गएको थियो । लामिछानेको पासपोर्टको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

स्वार्थ बाझिने मन्त्रालयमा रवि लामिछाने गैरसांसद भए पनि जान खोजेको भन्दै विभिन्‍न मिडियाले उनीविरुद्ध लेखेका थिए ।  सोही विषय मिडियाले उठाएपछि लामिछानेले पत्रकार सम्मेलन मिडियाविरुद्ध अभिव्यक्ति दिएका थिए ।

राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीले पत्रकार सम्मेलन गर्दै

इकागज | माघ २३, २०७९

काठमाडौँ - राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टी तीन मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्दैछन् । आइतबार ...

एमालेको केन्द्रीय समिति बैठकको पहिलो एजेन्डा बन्‍यो निर्वाचन समिक्षा

इकागज | माघ २३, २०७९

काठमाडौँ- प्रतिधिसभा निर्वाचन सम्पन्न भएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौ बैठक २९ माघबाट सुरु ह...

आफ्नो पार्टीबाटै राष्ट्रपति हुने काँग्रेस महामन्त्री शर्माको दाबी

इकागज | माघ २२, २०७९

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद विश्व प्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्...

राष्ट्रलाई अस्थिरताबाट जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनायौँ : ओली

इकागज | माघ २२, २०७९

काठमाडौँ - सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरताबाट जोगाउन माओवादी केन्द्रका अध्यक्ष प...