ओलीलाई भेट्न बिहानै बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

इकागज | माघ २५, २०७९

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । बुधबार बिहानै ओली निवास बालकोटमा दुई नेताबीच भेटवार्ता भएको हो । ओलीलाई भेट्न बुधबार बिहानै प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन् ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि दुई शीर्ष नेताबीच भेटघाट बाक्लिएको हो । मंगलबार मात्र प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले दाहालसँग छलफल गरेका थिए ।

राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि पर्‍यो : अध्यक्ष बिजुक्छेँ

इकागज | माघ २४, २०७९

भक्तपुर - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछ...

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिने

दीपक उपाध्याय | माघ २४, २०७९

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार (भोलि) विश्वासको मत लिने भएका छन् ।...

सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य हुँदैन : डा. कोइराला

इकागज | माघ २३, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्...

नारायणमान बिजुक्छेकाे आराेप : कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेन

इकागज | माघ २३, २०७९

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वा...