‘नो नट अगेन’को व्यापक प्रचारले सोचेजस्तो नतिजा आएन : माधव नेपाल

इकागज | माघ २१, २०७९

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा ‘नो नट अगेन’ अभियानको व्यापक प्रचारले पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको बताएका छन् । शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा उनले यस्तो जिकिर गरेका हुन् । 

२५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा उनले चुनावमा अनपेक्षित परिणाम नआउनुका १६ वटा कारण प्रस्तुत गरेका छन् । ‘निर्वाचनको परिणाम जस्तो आयो त्यो अपेक्षित थिएन । वाम–लोकतान्त्रिक गठबन्धनको बहुमत आउला भन्ने आम अपेक्षा थियो, तर त्यस्तो भएन । हाम्रो पक्षमा जुन परिणाम आयो त्यो पनि अपेक्षा गरिएभन्दा फरक हो । प्रत्यक्षतर्फको भन्दा पनि समानुपातिकतर्फको परिणाम अझ बढी अनपेक्षित हो । किन यस्तो परिणाम आयो भन्नेतर्फ ध्यान दिँदा निम्न कारण देखा पर्दछन्,’ अपेक्षित परिणाम नआउनुका कारण शीर्षकमा उनले भनेका छन् । 

बुँदा नम्बर १० मा भनिएको छ, ‘यस पटक ‘पुराना पार्टी र नेताहरूलाई अब फेरि मत दिनु हुँदैन’ (No not again) भनेर व्यापक रूपमा नकारात्मक प्रचार गरिएको थियो । हाम्रो पार्टीका मुख्य नेताहरूको नामै किटेर र फोटा समेत देखाएर त्यस्तो प्रचार गरिएको थियो । साथै ‘पुरानाले गरेनन् अब हामी गर्छौँ’ भन्ने प्रचार पनि त्यत्तिकै व्यापक रूपमा गरिएको थियो । त्यस प्रकारको नकारात्मक प्रचारले मतदातामा प्रभाव पर्‍यो ।’

उनले कार्ययोजना कार्यान्वयन नहुनु, पार्टी पंक्ति परिचालित नहुनु, गठबन्धनका दलबाट पूर्ण सहयोग नहुनु, उम्मेदवारी नपाउनेको असन्तुष्टि, अवसरवादी प्रवृत्ति, पैसाबेगर चल्दै नचल्ने प्रवृत्ति, मुद्दा उठाउन र महत्व बुझाउन नसक्नुलगायत कारणहरु राम्रो नतिजाका लागि बाधक भएको चित्रण गरेका छन् ।

त्यस्तै, सरकारबाट अपेक्षित कार्य नहुनु, हाम्राविरुद्ध चर्को प्रहार हुनु, नयाँ मतदाताको रुझान नयाँतर्फ हुनु, प्रचारको काम व्यवस्थित नहुनु, निर्वाचन ज्यादै खर्चिलो हुनु, तालमेल हुँदा समानुपातिक असर पर्नु र निर्वाचन आयोगसमेत हाम्राविरुद्ध हुनुलाई उनले अपेक्षित नतिजा आउन नसक्नुका कारण मानेका छन् ।

प्रतिवेदनमा राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरूलगायत विभिन्न विषय समेटिएका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबारदेखि सुरु भएको हो । यो भोलिसम्म चल्नेछ ।

माधव नेपालको निष्कर्ष : वाम-लोकतान्त्रिक गठबन्धन कांग्रेसको घमण्डले भंग भएको हो

इकागज | माघ २१, २०७९

काठमाडौं– नेकपा (एकीकतृ समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वाम–लोकतान्त्रिक गठबन्धन नेप...

रास्वपाको अल्टिमेटम आज सकिँदै, के गर्लान् प्रधानमन्त्री प्रचण्ड ?

इकागज | माघ २१, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अल्टिमेटमा शनिबा...

केन्द्रीय समिति विस्तारको माग गर्दै नेविसंघ शेखर–गगन पक्षको स्ववियु लक्षित गतिविधि सुरु

इकागज | माघ २०, २०७९

काठमाडौँ- नेपाली कांग्रेसमा नेता शेखर–गगन पक्षधरले नेपाल विद्यार्थी संघमा स्ववियु लक्षित गतिविधि ...

संसद्‍मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ : बिजुक्छेँ

इकागज | माघ २०, २०७९

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संसद्‍मा प्रमुख प्रतिपक्षी दलले...

प्राविधिक सीपयुक्त शिक्षामा जोड दिन अध्यक्ष ओलीको आग्रह

इकागज | माघ २०, २०७९

झापा- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा प्राविधिक सीपयुक्त हुनुपर्ने...