नेतृत्वको कमजोरीका कारण कांग्रेस प्रतिपक्षमा बस्न बाध्य : केसी

इकागज | माघ २०, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका छन् ।

न्यूज लाइन्स नेपालको सातौं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता केसीले पार्टी नेतृत्वले सही निर्णय दिन नसक्दा पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका हुन् । नेता केसीले कांग्रेसलाई अहिले सरकारमा जान कुनै हतारो नभएको पनि जिकिर गरे ।

उनले मुलुकमा देखिएका विभिन्न समस्या समाधानका लागि राष्ट्रिय सहमति खोज्नुपर्नेमा कांग्रेसको जोड रहेको धारणा राखे । सभामुख, प्रधानमन्त्री विभिन्न पार्टीको भइसकेको अवस्थामा राष्ट्रपति कांग्रेसले पाउँदा बृहत् शक्तिसन्तुलन हुने उनले दाबी गरे । उनले गृह मन्त्रालयका विषयमा शक्ति र सत्तामा झगडा सुरु भइरहेको जिकिर गरे ।

केसीले गठबन्धनभित्र स्वतन्त्र पार्टीलाई नै गृह मन्त्रालय दिने सहमति भएको हो भने रास्वपाका अन्य सांसदहरूलाई उक्त मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिए ।ठूला-ठूला आदर्शका कुरा गरेर आएकाहर"ले सत्ताका लागि झगडा गर्न नसुहाउने उनले बताए ।

नेता केसीले देश भ्रष्टाचारको महामारीले असफलतातिर गएको पनि उल्लेख गरे । देशको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा उनको जोड छ ।

सांसद अरुण चौधरीकाे रिहाइ माग गर्दै लम्कीमा मसाल जुलुस प्रदर्शन

इकागज | माघ २०, २०७९

कैलाली- नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सांसद अरुणकुमार चौधरीकाे रिहाइको माग गर्दै कैलालीको लम्क...

माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा

इकागज | माघ २०, २०७९

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात ...

राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्वीकार्य बनाउन प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हौँ : कांग्रेस नेता कार्की

इकागज | माघ २०, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवम् पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्...

रास्वपाको तनावपूर्ण बैठक : सरकारबाट बाहिरिने विषयमा दुई धार, मिडियामा सोचेर बोल्न निर्देशन

इकागज | माघ २०, २०७९

काठमाडौं– सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सरकारबाट बाहिरिने/बस्‍ने विषयमा दुई...

रास्वपा तत्काल सरकारबाट नबाहिरिने, गृहमन्त्रीका लागि दुई दिन पर्खिने

इकागज | माघ १९, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति र...

नेकपा एसको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदा पेस हुने

इकागज | माघ १९, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकका लागि राजन...