उपाध्यक्ष महरा भन्छन् : गृहमन्त्रीको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री दाहालको हो

इकागज | माघ १६, २०७९

काठमाडौँ- सत्तारूढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताएका छन् ।

सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । उपाध्यक्ष महराले प्रधानमन्त्री दाहालले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टी भित्र प्रवेश नै नगराइएको जिकिर समेत गरे ।

उनले भने, ‘गृह मन्त्रीको विषयमा प्रवेश नै गरिएन । यो सरकारको विषय हो । गृहमन्त्री को हुन्छ, को हुन्न ? भन्ने कुरा उहाँले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन । स्थायी कमिटीमा त्यो विषयमा पर्सी छलफल होला ।’

सर्वोच्च अदालतले आदेश दिएपछि गत शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पद गुमाएका थिए । सोही पदमा कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री दाहालले आवश्यक निर्णय गरेका छैनन् भने लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो जिम्मेवारीमा रहेको भन्दै सो मन्त्रालयमा दाबी नछाड्ने जनाएको छ ।

गृहमन्त्रीमा आफूलाई पुनः नियुक्त गर्न प्रधानमन्त्रीसँग रविको आग्रह

इकागज | माघ १५, २०७९

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्...

सत्ता समीकरणमा फेरबदल ल्याउन रवि लामिछानेलाई मुद्दा हालियो : महासचिव पोखरेल

इकागज | माघ १५, २०७९

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमा...

राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न उपसभापति खड्काको माग

इकागज | माघ १५, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गरेका छन्।...

अध्यक्ष श्रेष्ठको अडान : आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ र प्रदेश सरकारमा सहभागी हुन्नौँ

इकागज | माघ १४, २०७९

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ ...