आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गर्ने कि, सत्ताको अंकगणित मै अल्झिरहनेः डा. शेखर

इकागज | माघ ११, २०७९

मोरङ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् । 

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग उनले कांग्रेसले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको स्पष्ट पारे । 

राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै डा कोइरालाले नेकाले आफ्नो उम्मेदवार दिने र अन्य दलसँग छलफल भइरहेको जानकारी दिए । उनले मंगलबार नयाँ बानेश्वरको आत्मदाहको घटना अत्यन्त दुःखदायी भएको प्रतिक्रिया दिए । 

बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै कोइरालाले आत्मदाहको घटनाले राज्य लज्जित भएको बताएका थिए । उनले लेखेका छन्, 'हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने ।'

सामाजिक असन्तुष्टिलाई उपयोग गर्न खोलिएको पार्टीहरु मौसमी : अध्यक्ष ओली

इकागज | माघ ११, २०७९

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफू सरकारमा जानुलाई विकास र लोकतन्त्र भन्ने...

कर्णालीको विकासलाई ध्यान दिन सरकारलाई ज्ञानेन्द्र शाहीको माग

इकागज | माघ १०, २०७९

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान...

तीन कारण प्रस्तुत गर्दै रामचन्द्र पौडेलले गरे राष्ट्रिय सहमतिका लागि आह्वान

इकागज | माघ १०, २०७९

काठमाडौँ- नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यक रहेको भन्दै आह्वान गरेका ...

रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार

इकागज | माघ ९, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तो...