जसपा र एकीकृत समाजवादी एकता प्रयास : एकअर्काका दस्तावेज अध्ययन गर्दै कार्यदल
काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाल कम्यनिष्ट पार्टी (एकिकृत समाजवादी) बीचको एकता वार्ता समितिले कार्यदल गठन गरी एक अर्काका दस्तावेज अध्ययन थालेको छ । शुक्रबार बसेको एकता वार्ता समितिको बैठकले एक अर्काका दस्तावेज अध्ययन गर्न गोविन्द चौधरी र डा. विजय पौडेल रहेको कार्यदल बनाएको छ । कार्यदलले दुवै पार्टीबीचका समानता र असमानता पहिल्याई आगामी बैठकमा पेस गर्ने छ ।
कार्यदलले पहिल्याएका समान धारणाहरूमा सहकार्य गर्दै जाने र असमान धारणाहरू हल गर्दै जाने वार्ता समितिको बैठकले निर्णय गरेको छ ।