सभामुखमा झापाकै घिमिरेलाई अघि सार्ने तयारीमा ओली

इकागज | माघ ३, २०७९

काठमाडौं - संघीय संसद् सचिवालयले बिहीबार नयाँ सभामुखका लागि निर्वाचन गर्ने भएको छ । त्यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । सत्ता गठबन्धनमा सभामुख एमालेले पाउने सहमति भइसकेको छ । त्यसैले एमालेबाट को सभामुखको उम्मेदवार होला भन्ने चासो बढेको छ । 

एमालेबाट सभामुखका लागि अहिलेसम्म तीनजना मुख्य दाबेदार देखिएका छन् । जसमा झापाका देवराज घिमिरे, रुपन्देहीका छविलाल विश्वकर्मा र लमजुङका पृथ्वी सुब्बा गुरुङ छन् । गुरुङ पार्टी उपमहासचिवसमेत हुन् । विश्वकर्मा सचिव हुन् ।

तर, एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधि सभाको सभामुखमा घिमिरेलाई उम्मेदवार बनाउने भएको स्रोतको दाबी छ । झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित घिमिरेलाई ओलीको विश्वासपात्र मानिन्छ।

एमाले प्रदेश–१ इञ्चार्जसमेत रहेका घिमिरे पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी २०५६ सालमै राष्ट्रियसभा सदस्य बनेका थिए।

एमालेमा सुरुदेखि नै गुरुङलाई सभामुख बनाउन दबाब पर्दै गए पनि पछिल्लो समय उनी दौडमा पछि परेका छन् ।

नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने बताए पनि कसलाई उठाउने भन्ने निर्णय गरेको छैन ।

सत्ता गठबन्धनमा निर्वाचित गर्नसक्ने मत भएकाले पनि कांग्रेसले आफ्नो उम्मेदवारको नाम बुधबार मात्र तय गर्ने बताइएको छ ।
 

सबै दलले टुंग्याए मन्त्रीको नाम : यी हुन् आज सपथ खाने १३ मन्त्री (नामसहित)

इकागज | माघ ३, २०७९

काठमाडौँ- सत्तारुढ दलहरूको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम फाइनल गरेका छन् । मंगलबार एमाले, माओव...

राप्रपाका तीन मन्त्री : ठेकेदार पाण्डेलाई सहरी विकास मन्त्रालय

इकागज | माघ ३, २०७९

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मन्त्रीहरूको नाम टुंगो लगाएको छ । तीन मन्त्रालय पाएको राप्रप...

मन्त्री हुने भएपछि लिङ्देन भन्छन्- अग्‍नि परीक्षामा होमिने निर्णयमा पुगेँ, असम्भव जस्तो लागे पनि खरो उत्रनेछु

इकागज | माघ ३, २०७९

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागी भएर अग्नि परीक्षामा होमिन...

स्वास्थ्य राज्यमन्त्रीमा थन्किइन् तोषिमा कार्की, रास्वपाबाट को-को छानिए मन्त्री ?

इकागज | माघ ३, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरूको नाम टुंग्याएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठ...

अस्पतालको शय्यामा बावुछोराको भावुक वार्ता : म मरेपछि तेरो आमासँग भेट हुँदा मन्त्री भएको खबर भनिदिउँला

इकागज | माघ ३, २०७९

काठमाडौँ- भोजपुरबाट निर्वाचित नेकपा माओवादीका सांसद सुदन किराती मन्त्री हुने भएपछि उनले बुवालाई सुना...

माओवादीमा मन्त्रीको नाम फाइनल : सञ्‍चारमा शर्मा, पर्यटनमा किराती

इकागज | माघ ३, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पठाउने मन्त्रीहरूको नाम फाइनल गरेको छ । माओवादी पाएको चार मन्त्रालय र...

टुंगियो मन्त्रालय भागवण्डा : कुन दलले कुन मन्त्रालय पाए ? (सूचीसहित)

इकागज | माघ ३, २०७९

काठमाडौँ- सत्तारुढ दलहरुले मन्त्रालयहरुको भागवण्डा टुंगो लगाएका छन् । सोमबार रातिसम्म बसेको सत्तारुढ दलक...