पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय राम्रो : अध्यक्ष ओेली

इकागज | पुस २७, २०७९

काठमाडौँ - सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्रो गरेको टिप्पणी गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पृथ्वी जयन्तीको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रमपछि उनले सञ्चारकर्मी माझ सो प्रतिक्रिया दिएका हुन् । 

अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकतावद्ध गर्नु भएको स्मरण समेत गराए । उनले भने,  ‘राम्रो । पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा जुन अगुवाई गर्नु भयो । जुन नेतृत्व गर्नु भयो । र, देश एकीकृत भयो । एकीकरण भयो । एउटा देश भयो । नेपाल भयो । हामी नेपाली भयौं । त्यसकारण पृथ्वीनारायण शाहको जन्मदिको खुशीयालीमा सरकारले विदा दियो । पहिलो पटक होला यो सन्दर्भमा ।’

सरकारले बुधबार पृथ्वी जयन्तिको अवसर पारेर सार्वजनिक विदा समेत दिएको छ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिन पृथ्वी जयन्तिमा सरकारले सार्वजनिक विदा दिनुपर्ने शर्त समेत राखेको थियो ।

(नोटः यो समाचारको फुटेज, बाईट सर्भरमा उपलब्ध छ । आवश्यक्ता अनुसार प्रयोग गर्न सक्नुहुन्छ ।)

एकीकरणले  विश्वमानचित्रमा नेपालीको अस्तित्व सम्भव : अध्यक्ष लिङ्देन

इकागज | पुस २७, २०७९

काठमाडौँ- राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कविता ग...

गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न विश्वासको मतः रामचन्द्र पौडेल

इकागज | पुस २६, २०७९

काठमाडौँ - नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्श...

प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने निर्णय अस्वाभाविक : मिनेन्द्र रिजाल

इकागज | पुस २६, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीको विपक्षमा मत दिनुले सम्बन्ध वैमनस्यता...

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने, महामन्त्रीद्वयको असहमति

इकागज | पुस २६, २०७९

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार न...

बागमतीमा जम्कट्टेलले लिए सपथ, तीन सदस्यीय मन्त्रिपरिषद्‌ गठन

इकागज | पुस २६, २०७९

मकवानपुर- बागमती प्रदेशको मुख्यमन्त्रीमा हिजो नियुक्त भएका शालिकराम जम्कट्टेलले आज सपथ लिएका छन् । उनले म...

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई सशर्त विश्वासको मत दिने

इकागज | पुस २६, २०७९

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सशर्त विश्वासको मत दिने भएको...