कांग्रेस संसदीय दलको बैठक बस्दै

इकागज | पुस २३, २०७९

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक यही आज दिउँसो १ बजे बस्दैछ । संसदीय दलको बैठक अघि शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले सो बारेमा पदाधिकारीबीच छलफल गरेका छन् ।

सभापति देउवा निवासमा शुक्रबार भएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए । बैठकमा आज बस्ने संसदीय दलको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको महामन्त्री शर्माले जानकारी दिए ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ देखि प्रारम्भ हुँदैछ । निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ ।

सङ्घीय ससंद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठूलो दल नेकपा (एमाले)लगायत सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री दाहालले यही पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तय भएको छ ।

काँग्रेसका प्रमुख सचेतक लेखककाे प्रष्टाेक्ति : हामीले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छैनौँ

इकागज | पुस २२, २०७९

काठमाडौँ- नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो प...

सरकारको न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव

इकागज | पुस २२, २०७९

काठमाडौं– सत्तारूढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । शुक्रबार उपप्रधानमन्त्री तथा अर्थ...

पुर्ण समानुपातिक निर्वाचनको माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई अनेरास्ववियूले बुझायो ज्ञापनपत्र

इकागज | पुस २२, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्...

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिए पनि राप्रपा सरकारमा जाने

इकागज | पुस २१, २०७९

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरिसकेको छ । उसले सरकारको न्यूनतम साझा कार्य...