चैतभित्र अधिवेशन गर्न जनसङ्गठनलाई एमालेको निर्देशन

इकागज | पुस २५, २०७९

काठमाडौँ- नेकपा एमालेले आगामी चैत मसान्तभित्र जनसङ्गठनको राष्ट्रिय अधिवेशन/सम्मेलन गर्न निर्देशन दिएको छ । अधिवेशन/सम्मेलन गर्न बाँकी रहेका त्यस्ता जनसङ्गठनले तीन महिनाभित्र सकाउनुपर्ने छ ।

एमाले जनसङ्गठन समन्वय संयन्त्रको सहसंयोजक रचना खड्काका एमालेमा राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान महासङ्घ, पेशागत महासङ्घ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, नेपाल खेलकुद महासङ्घ र रिटर्नी फेडरेशन नेपाल गरी आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी रहेको छ ।

एमालेको तत्कालीन नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता भइपछि  जनवर्गीय सङ्गठनको समयमा हुनुपर्ने राष्ट्रिय सम्मेलन र अधिवेशन हुन सकेका थिएन । उनले जनवर्गीय सङ्गठनलाई केन्द्रीय कमिटी बैठकलगायत विधानले व्यवस्था गरेका स्थानीय तहसम्मका अधिवेशन/सम्मेलन, बैठक, भेला तथा प्रशिक्षण अविलम्ब र नियमित गर्न निर्देशन दिएको बताए ।

जनसङ्गठन आमजनसमुदायमा पुग्ने भरपर्दाे वर्गीय, सामुदायिक र पेशागत सङ्गठन भएकाले यिनीहरू जति सक्रिय हुन्छन्, त्यति नै पार्टीका पक्षमा जनमत तयार हुने, कार्यकर्ता उत्पादन हुने, विषयगत दक्ष जनशक्ति तयार हुने र सम्बन्धित क्षेत्रका जनसमुदायसँग सम्बन्ध घनिष्ट हुने एमालेले ठहर गरेको छ ।  

त्यसैगरी लक्षित समुदायको पहिचान गरी अभियानका रूपमा सदस्यता विस्तारलाई तीव्रता दिने एमालेले जोड दिएको छ ।

'प्रत्येक जनसङ्गठनका अलग–अलग कार्यक्षेत्र, कार्य–प्रकृति र सरोकार रहेका छ । आआफ्नो वर्ग, समुदाय र पेशाका माग र मुद्दालाई बलियो गरी नपरेसम्म बलियो सङ्गठन बनाउन सकिँदैन भन्नेमा हामी स्पष्ट नै छौँ,' एमाले काभ्रेको धुलिखेलमा सम्पन्न भएको जनसङ्गठन भेलाले आज जारी गरेको घोषणापत्रमा भनिएको छ, 'अतः पार्टीलाई बलियो बनाउन, आफ्नो सङ्गठनलाई नेता सङ्गठनका रूपमा स्थापित गर्न र आआफ्नो वर्ग, समुदाय र पेशाका हितलाई प्रवर्द्धन गर्नका लागि सिर्जनशील रुपमा क्रियाशील हुने अठोट व्यक्त गर्दछौँ ।'

मतदाताको 'आशा पत्र' सुदनको इमेलमा : भन्छन्- पत्रले भावुक भएँ, फोहोरी ठाउँबाट मैले बेदागी फर्किनुछ

इकागज | पुस २५, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता तथा भोजपुर निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद सुदन किरातीलाई...

राप्रपाले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने

इकागज | पुस २४, २०७९

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरका...

रास्वपाले सरकारलाई विश्वासको मत दिन अन्य पार्टीसँग आग्रह गर्ने

इकागज | पुस २४, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दलहरूसँग आग्रह गर्ने निर्णय गरेको...

प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने निर्णयकाे अधिकार अध्यक्ष ठाकुरलाई

इकागज | पुस २४, २०७९

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारल...

सात वर्षपछि प्रचण्ड-बाबुरामको पुनर्मिलन हुँदै : 'माओवादी' झिकेर 'समाजवादी' भित्र्याउने तयारी

कमल विष्ट | पुस २४, २०७९

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच छिट्टै एकता गर्ने गृहकार्य अ...

बाबुरामको प्रस्ताव : नेपाली विशेषताको समाजवाद मोडल विकास गर्न ध्रुवीकरणको प्रयत्न गरौं (प्रतिवेदनसहित)

इकागज | पुस २४, २०७९

काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नु...