'पाँच वर्षपछि के हुने हो भन्ने ठेगान नभएको दलले मुलुकको समृद्धिको नेतृत्व गर्न सक्दैन'

इकागज | माघ २, २०७९

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच वर्षपछि के हुने हो भन्ने ठेगान नभएको दलले मुलुकको समृद्धिको नेतृत्व गर्न नसक्ने बताएका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले ७४ सालको चुनावमा काठमाडौं उपत्यकामा विवेकशील साझाका नाममा लहड सुरु भएको र चार वर्ष नपुग्दै चुनाव लड्दा जमानत जफत भएको भन्दै आज पनि नयाँ-नयाँ प्रयोग गरिएको र पाँच वर्षपछि के हुने हो भन्ने ठेगान नभएकाले मुलुकको समृद्धिको नेतृत्व गर्न नसक्ने बताएका हुन् ।

पोखरेलले कुनै पनि समाजलाई नेतृत्व दिनका लागि विचारधारमा आधारित राजनीतिक कार्यदिशा स्पष्ट भएको शक्ति आवश्यक रहेको धारणा राखे । त्यस्तै उनले धेरै राष्ट्रिय दलहरू भए राजनीतिक अस्थिरता, वैदेशिक चलखेल हुने भएकाले मुलुकलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक हुनुपर्ने उल्लेख गरे ।

दुनियाँमा कही पनि राजनीतिक दलहरू मिलेर मुलुक बनेको इतिहास नरहेको भन्दै पोखरेलले देश बनाउन राजनीतिक शक्तिको केन्द्रकिरण अपरिहार्य हुने तर्क गरे ।

महासचिव पोखरेलले वामपन्थीको सरकारलाई कमजोर पार्न विभिन्न षडयन्त्रहरू हुने गरेको पनि बताए । संसद् विघटन कांग्रेसले गर्दा अदालत नबोल्ने र वामपन्थीले ताजा जनादेशमा जाने निर्णय गर्दा अदालत प्रयोग हुने गरेको उनको भनाइ छ ।

महासचिव पोखरेलले अहिले पनि राज्य संयन्त्रभित्रको प्रशासनिक ढाँचा पूर्णत लोकतन्त्रीक बन्न नसकेको बताए । कार्यक्रममा उनले आगामी स्ववियु निर्वाचनमा संगठनलाई जिताउनका लागि आवश्यक भूमिका खेल्न निर्देशन दिए । 

कांग्रेस प्रवक्ता महत गोरु जुधाइ हेर्न हेलिकोप्टर चढेर तारुका पुगेपछि...

इकागज | माघ २, २०७९

काठमाडौं - माघे संक्रान्तिको अवसरमा नुवाकोटको विभिन्न स्थानहरूमा गोरु जुधाइ मेला हुँदै आएको छ । नुवाक...

राप्रपामा मन्त्री बन्‍न रस्साकस्सी : अध्यक्ष लिङ्देन पक्का, अरू को-को छानिँदै ?

कमल विष्ट | माघ २, २०७९

काठमाडौं– मन्त्रिपरिषद् विस्तारका विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमा...

मंसिर ४ को निर्वाचनपछि नेपाली राजनीति एकले अर्कोलाई छक्याउने कुरामै केन्द्रित भयाे : थापा

इकागज | पुस ३०, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्र...

घनश्याम भूसाल एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित

इकागज | पुस ३०, २०७९

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ । पा...