मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनु पर्दैन : नेम्वाङ

इकागज | माघ १४, २०७९

काठमाडौँ- सत्तारूढ नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधान अन्तरगत नै हल गरेर अघि बढ्न आफूहरू सक्षम रहेको पनि पटकपटक दोहोर्‍याए ।

शहीद दिवसको अवसर पारेर नेकपा एमालेले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैँले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरू सचेत हुनुपर्ने आवश्यक्ता औंल्याए ।

संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई दलहरूले आफ्नो बुद्धि, विवेक र क्षमता प्रदर्शन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।

उपाध्यक्ष नेम्वाङले मुलुकमा देखा परेका समस्याहरूलाई समाधान गर्न राजनीतिक दलहरू र त्यसको नेतृत्व समक्ष रहेको बताए । उनले नेपालको संविधान शहीदहरूको भावना अनुसार बनेको पनि बताए ।

 

मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रमा फसाउने काेसिस हुँदैछ : महासचिव पोखरेल

इकागज | माघ १४, २०७९

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्...

सर्वोच्चको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : डा. शेखर

इकागज | माघ १४, २०७९

विराटनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपा...

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डिपी अर्याल नियुक्त

इकागज | माघ १४, २०७९

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम तथा रोजगार मन्त्री डिपी अर्याललाई कार्यवाहक सभापति नियुक्त गरेको...

रविप्रति सिके राउतको प्रतिक्रिया : उहाँ मेरो आशाको केन्द्र हुनुहुन्थ्यो

इकागज | माघ १३, २०७९

काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछाने आफ्नो लागि आशाको केन्द्र रहेको टिप्पणी गरे...

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

इकागज | माघ १३, २०७९

काठमाडौँ- सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति&nbs...

अग्रि सापकोटा माओवादीको उपाध्यक्ष बन्दै, पार्टी प्रवक्ताको पनि जिम्मेवारी दिने तयारी

इकागज | माघ १२, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्रिप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारी गरेको छ । सा...