एमालेले प्रधानमन्त्रीलाई भन्यो - दीर्घकालीन असर पर्ने कुनै काम नगर्नू

इकागज | असार २०, २०८१

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन ध्यानाकर्षण गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिएको जनाएको हो । 

संसद्का दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न यही असार १७ गते समझदारी भई असार १९ गते एमालेले वर्तमान सरकारको समर्थन फिर्ता लिएको थियो ।

अहिलेको परिस्थितिमा वर्तमान सरकारले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सहभागी हुन र सहयोग गर्न प्रधानमन्त्री दाहाललाई एमालेले पुनः अनुरोध गरेको छ । 
 

प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बन्यो : गगन थापा

इकागज | असार २०, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको राजनीतिक घटनाक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ...

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ रोकियो

इकागज | असार २०, २०८१

काठमाडौँ - निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ केही दिनका लागि रोकिए...

जसपाका मन्त्रीहरूले राजीनामा दिने निर्णय भएको छैनः मन्त्री यादव

इकागज | असार २०, २०८१

काठमाडौँ - नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमतिलाई...

निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारबाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ

इकागज | असार २०, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय...

बालुवाटार पुगेर रास्वपाका मन्त्रीहरू किन राजीनामा नदिई फर्किए ?

इकागज | असार २०, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा...