फोटो फिचर

शंखमुलको बाटो भद्रगोल, हिँड्‌नै समस्या (फोटो फिचर)

इकागज | पुस २७, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१० शंखमुलको ओरालोबाट अलितिरको सडक भद्रगोल तरिकाले धमाधम मर्मत हुँदैछ । मर्मत गर्न लागिएको उक्त सडकको दायाँबाँया हिँडडुल गर्न नै समस्या भएको छ ।

उक्त स्थानमा जथाभावी इट्टालगायत सामान राख्नाले हिँडडुल गर्न समस्या भएको हो । 'बाटो हिँड्‌नै नहुनेगरी इट्टालगायतको टुक्रा राखिएको छ' शनिबार बिहान हिँडिरहेका रौतहटका रामरोशन साहले भने 'कमसेकम हिँड्‌न मिल्ने गरी त राख्नुपर्छ नि ।'

बिछ्याउन लागेको टायल पनि जथाभावी राखिएको उनले बताए । 'हामी युवालाई त हिँड्‌न समस्या छ भने बच्चा, वृद्ध/वृद्धा, अपाङ्गहरू कसरी हिँड्‌नु ?' साहले प्रश्न गरे ।

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

भरतराज कँडेल | पुस १५, २०८१

काठमाडौँ- पछिल्लो समय पानीघट्ट लोप हुँदै गए पनि नुवाकोटको ककनी गाउँपालिकामा भने यथावत रहेको छ ...

सिजनको सुन्तलाः कालीमाटीमा व्यापारीलाई भ्याइँनभ्याइँ

भरतराज कँडेल | पुस ८, २०८१

काठमाडौँ- सुन्तलाको सिजन भएकाले काठमाडौँमा कालीमाटीमा जहाँसुकै सुन्तला देखिन्छ । सुन्तलाको खरिदबिक्रीम...

भूटानी राजा काठमाडौँमा, स्वयम्भू र बौद्धको दर्शन गर्ने (तस्बिरहरू)

इकागज | मंसिर २१, २०८१

काठमाडौँ- भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुग...