यौनिक तथा लैंगिक अल्पसंख्यकको ‘प्राइड परेड’ [फाेटाेफिचर]
काठमाडौँ- यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो पहिचानसहित ‘प्राइड परेड’ अर्थात गौरव यात्रा तथा गाईजात्रा उत्सव मनाएका छन् । आफूहरूको अस्तित्व समाजमा छ भन्ने जानकारी दिँदै अन्य मानव सरहको मानव अधिकारका लागि आह्वान गर्दै गौरव यात्रा तथा गाईजात्रा उत्सव मनाएका हुन् ।
सन् २००४ देखि हरेक वर्ष समुदायभित्र विभिन्न लाञ्छना र भेदभावका कारण मृत्युवरण गरेका व्यक्तिहरूको सम्झनामा शोकसहित मैनबत्ती प्रज्वलनको कार्यक्रम, सांस्कृतिक तथा लैंगिक पहिचानसहितको भेषभुषामा र्याली निकाल्ने गरेको लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालले जनाएको छ ।