फोटो फिचर

निर्माण व्यवसायीको आन्दोलन जारी (फोटो फिचर)

अनुज बज्राचार्य | साउन १७, २०८०

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघले बुधबार नयाँ बानेश्वरमा प्रदर्शन गरेको छन्  । निर्माण व्यवसायीहरुले विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बीमा निर्देशिका—२०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर, लगायतका नाराका प्लेकार्ड बोकेर प्रदर्शन गरेका  छन्  । ।

नेपाल निर्माण व्यवसायी महासंघले सोमबार प्रधानमन्त्री निवास बालुवाटार र संघीय संसद भवन अगाडि धर्ना दिएका थिए । निर्माण व्यवसायीहरूका जायज मागप्रति राज्य अनुदार भएका कारण महासंघ आन्दोलनमा उत्रिएको महासंघको भनाइ छ ।

नेपाल सरकारका विभिन्न  मन्त्रालयमा १० अर्ब रुपैयाँ हाराहारीको बिल र बिल बन्न बाँकी ४० अर्ब रुपैयाँ हाराहारीको भुक्तानीका लागि स्रोत नै नभएको जवाफ पाएको निर्माण व्यवसायीको आरोप छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार खानेपानी, स्वास्थ्य, सडक विभाग अन्तर्गत पुल, सडक, मध्य पहाडी राजमार्ग, नदी नियन्त्रण, रेल्वे विभाग, स्थानीय अस्पताल, सहरी विकास परियोजनासहितका आयोजनामा यस्तो रकम भुक्तानी रोकिएको हो ।

संसद्‌ भवन घेर्न पुगेका लघुवित्त पीडित र प्रहरीबीच धकेलाधकेल (फोटो फिचर)

इकागज | साउन १०, २०८०

काठमाडौँ- लघुवित्त तथा वित्तीय संस्था पीडित संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेको छ । बुधबार आन्दोलनक...

लघुवित्तविरुद्ध आइतबार पनि काठमाडौँमा प्रदर्शन (फोटो फिचर)

अनुज बज्राचार्य | साउन ७, २०८०

काठमाडौँ- लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै पीडितहरूले आइतबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन्...

श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले भने– सीताले निकै शान्त मृत्यु रोजिन् (फोटोफिचर)

इकागज | साउन २, २०८०

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकलमल दाहाल प्रचण्डले आफ्नी धर्मपत्नी सी...