फोटो फिचर

तस्बिरमा सिड्नीको बाढी

इकागज | असार २०, २०७९

सिड्नी- अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न भनिएको छ । सडक भत्किएका छन् भने पश्चिमी सिड्नीमा मात्रै १८ वटा निकासी आदेश दिइएको छ ।

‘यो जीवनलाई जोखिममा पार्ने आपतकालीन अवस्था हो’, न्यु साउथ वेल्स राज्यका आपतकालीन सेवामन्त्री स्टेफनी कुकले भनिन् ।

यस क्षेत्रमा मार्चमा अचानक आएको बाढीले २० जनाको ज्यान लिएको थियो ।

‘हामी अहिले अचानक बाढी, नदीको बाढी र तटीय कटान जस्ता धेरै मोर्चामा खतरा सामना गरिरहेका छौँ’, कुकले भनिन् । मौसम विज्ञान ब्यूरोले ३५० एमएमसम्मको वर्षाले केही क्षेत्रहरूमा असर गरेको र नेपियन नदीमा बाढीको जोखिम रहेको जनाएको छ ।

सिड्नीको मुख्य बाँध भत्किन थालेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । एजेन्सी

तस्बिरहरू : बीबीसी, रोयटर्स, सीएनएन, द गार्डियन

गुड्‌दा-गुड्‌दैको सरकारी सवारी साधन एमाले कार्यकर्ताहरूले रोकेपछि... (तस्बिरहरू)

इकागज | असार ८, २०७९

कैलाली- नेकपा एमालेका कार्यकर्ताहरूले पेट्रोलियम पदार्थलगायतका वस्तुहरूमा भएको मुल्य वृद्धिको विरोधमा कै...

मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीमाथि लाठीचार्ज र अश्रुग्यास (फोटो फिचर)

अनुज बज्राचार्य | असार ६, २०७९

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले अश्रुग्यास प्र...