राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख पदमुक्त, तीन नियुक्त

इकागज | कात्तिक २३, २०७८

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना प्रदेश प्रमुखलाई पदमुक्त गरेर तीन जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।  सोमबारको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेर ती ठाउँमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। 

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।  त्यस्तै राष्ट्रपति भण्डारीले प्रदेश १ मा परशुराम खापुङ्ग,  कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई नियुक्त गरेकी छन् ।  

 

अरुण नदीमा चाँडै पक्की पुल बन्ने प्रदेश १ का मुख्यमन्त्री राईको प्रतिबद्धता

इकागज | कात्तिक २३, २०७८

संखुवासभा – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले अबको केही समयमा नै अरुण नदीमा पक्की पुल बन्ने प्र…

प्रधानमन्त्री रोजगारको पैसा कीर्ते बिल भरपाई बनाएर अनियमितता

इकागज | कात्तिक २३, २०७८

उदयपुर- उदयपुरको बेलका नगरपालिकामा प्रधानमन्त्री रोगजार कार्यक्रमको रकम अनियमितता भएको छ । प्रधानमन्त्री रो…

मोरङको सुन्दरहरैंचा नगरपालिकाले तोक्यो देउसीभैलोको दक्षिणा दर

इकागज | कात्तिक १८, २०७८

विराटनगर - मोरङको सुन्दरहरैंचा नगरपालिकाले तिहारमा खेलिने देउसीभैलोमा नगर क्षेत्रभित्र दक्षिणाको दररेट त…

आचार्य नेतृत्वको सरकारले गरेको काममा बिषयमा पुनरावलोकन हुन्छ: मुख्यमन्त्री राई

इकागज | कात्तिक १८, २०७८

काठमाडौँ - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले भीम आचार्य नेतृत्वको प्रदेश सरकारले गरेको काममा बि…

ओलीका कारण देशको परिवर्तन धरापमा पर्‍यो : पूर्वमन्त्री कार्की

इकागज | कात्तिक १७, २०७८

उदयपुर- नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री प्रदेश १ का इन्चार्ज राम कार्कीले एमाले अध्यक्ष केपी श…