प्रदेश १ काे नामाकरण गर्न ६ गते सर्वदलीय बैठक

इकागज | साउन ३, २०७९

मोरङ - प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले आफ्नो जिम्मेवारी बोध गरी सहमतिको आधारमा प्रदेशको नाम राख्न आग्रह गरेका छन् । उनले साउन २० गतेभित्र प्रदेशको नामकरण हुने विश्वास व्यक्त गरे ।

किरात राई यायोक्खाद्वारा आज यहाँ आयोजित अनुसन्धानमूलक प्राज्ञिक पुस्तक ‘किरात सभ्यता’को लोकार्पण गर्दै यो सबैभन्दा पुरानो सभ्यता भएकाले यसको आधारमा प्रदेशको नाम किरात राख्नुपर्ने धारणा राखे ।    
    
प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरणका लागि यही साउन ६ गते सर्वदलीय बैठकको आयोजना गरी सहजीकरण गर्ने बताए । उनले दलहरुले देश र जनताका लागि दलीय स्वार्थभन्दा माथि उठी नामकरणमा सहमति कायम गर्नुपर्नेमा जोड दिए । सामाजिक विकासमन्त्री राजन राईले प्रदेशको नाम किरात राख्नु समय सान्दर्भिक रहेको छ भन्दै यसको अगाडि तथा पछाडि राखिने अन्य नामका सम्बन्धमा सकारात्मक पहल गर्ने विचार राखे ।    
    
खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले प्रदेशको नाम दल एवं नेताको प्रतिबद्धताअनुसार किरात हुनुपर्ने बताए । नेपाली कांग्रेसका सचेतक सूर्यमा राईले नेकां पहिचान विरोधी नरहेको प्रष्ट पार्दै प्रदेशको नामका सम्बन्धमा सम्पूर्ण आएका नामका सम्बन्धमा गम्भीररुपमा छलफल एवं समन्वयकारी भूमिका खेली सहमति कायम गरिने विश्वास व्यक्त गरे ।  

हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुल्यो

इकागज | साउन २, २०७९

खोटाङ- खोटाङको त्रि–धार्मिकस्थल हलेसीको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअ...

बेरुजु बढेर ३ अर्ब ८० करोड, एकै वर्षमै थपियो १ अर्ब ६२ करोड

बाबुराम भण्डारी | असार ३०, २०७९

विराटनगर - प्रदेश १ सरकार र मातहतका कार्यालयहरूले गर्ने खर्चमा आर्थिक बेथिति देखिएको छ । महालेखा परीक्ष...

पत्रकारलाई बलात्कारको आरोप लगाउनु पर्ने अभिव्यक्ति दिएपछि मन्त्री कार्की विवादित

बाबुराम भण्डारी | असार २९, २०७९

विराटनगर - प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की विवादास्पद अभिव्यक्तिका कारण विव...

कांग्रेसकाे प्रस्ताव : प्रदेश १ को नाम सप्तकोशी

बाबुराम भण्डारी | असार २५, २०७९

विराटनगर । प्रदेश १ को नाम सप्तकोशी राख्न नेपाली कांग्रेसले प्रस्ताव गरेको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्...

त्रियुगा नदीको भाँचिएको पुलको परराष्ट्र मन्त्री खड्काले गरे अवलोकन

इकागज | असार २४, २०७९

उदयपुर- परराष्ट्र मन्त्री डा. नारायण खड्काले एक वर्षअघि आएको बाढीले बगाएको उदयपुरको चौदण्डीगढी नगरपालिका...