चार महिनापछि कोशी मन्त्रिपरिषदले पायो पूर्णता

इकागज | माघ २६, २०८०

काठमाडौँ- कोशी प्रदेश मन्त्रिपरिषदले चार महिनापछि पूर्णता पाएको छ । शुक्रबार मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।​

नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार स्वास्थ्य, रामकुमार खत्री उद्योग, कृषि तथा सहकारीमन्त्री तथा इन्दीरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङ रामलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकुमार कार्कीलाई सामाजिक विकास र नारायण बुर्जा मगरलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा नियुक्त गरेका छन् । कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफैँसँग राखेका छन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका छन् ।

सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो, किसानलाई बजारकै चिन्ता

इकागज | माघ २६, २०८०

सल्लेरी (सोलुखुम्बु)- हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्ध...

भोलि फेरि बस्ने गरी सकियो कोशीमा पहिचान पक्षधर र सरकारबीच वार्ता

इकागज | माघ २५, २०८०

काठमाडौँ- पहिचानसहित कोशी प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले प...

कोशी प्रदेश सरकारले फरक ढंगले काम गरिरहेकोे छ : मुख्यमन्त्री कार्की

इकागज | माघ २३, २०८०

सुनसरी - कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न...