बाढीको उच्च जोखिममा गाइघाट बजार

इकागज | असार ३, २०७८

उदयपुर : उदयपुरको गाइघाट बजार बाढीको उच्च जोखिममा छन् । प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै गाइघाट बजार बाढीको उच्च जोखिममा पर्दै आएको हो । जिल्लाको त्रियुगा नगरपालिका-११ गाइघाट शिवालय टोलस्थित बरुवा खोलामा पानीको बहाव बढ्दै गएपछि गाइघाट बजार बाढीको उच्च जोखिम देखिएको हो ।

वर्षेनी वर्षाको समयमा उच्च जोखिममा रहने गरे तापनि दिगो हिसाबमा जोखिम न्यूनीकरणका लागि ध्यान जान सकेको छैन् । 'खोला नियन्त्रणका लागि बलियो तटबन्धन निर्माण नहुँदा गाइघाट बजार बाढीको उच्च जोखिममा छ', स्थानीयवासी शिवबहादुर कार्कीले भने, 'बरुवा खोला किनारका पुराना साना तटबन्धहरु बाढीले वर्षेनि भत्काउँदै आएको छ । कमजोर तटबन्धका कारण गाइघाट बजार अहिले उच्च जोखिममा परेको छ ।' ट्रयाक्टर व्यवसायीहरुले खोला किनार र तटबन्ध क्षेत्रमा समेत मनपरी उत्खनन गरेर ढुङगा निकाल्ने गर्नाले बरुवा खोलाको पुरानो तटबन्ध क्षेत्र कमजोर भएका कारण गाइघाट बजार नै उच्च जोखिमा रहेको उनको भनाइ छ ।

गत वर्षको बाढीले झण्डै सय मिटरभन्दा बढी तटबन्ध तथा बाँध भत्काएपछि नगरपालिकाको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले हजारौं बोरामा बालुवा राखेर सो तटबन्ध मर्मत गरेका थिए । यहाँका बासिन्दा वर्षायामसँगै बाढीले बगाउने डरले चैनको निन्द्रा नपर्ने गरेको अर्का स्थानीयवासी जीतबहादुर कार्कीको भनाइ छ । खोलामा दैनिक पानीको बहाव बढ्न थालेपछि स्थानीयवासी बारम्बार त्रसित हुने गरेका छन् । अत्यधिक पानी परेको अवस्थामा बाढी आएमा गाइघाट बजार खतरामा पर्ने भन्दै स्थानीयवासी रणबहादुर कटुवालले चिन्ता व्यक्त गरे । समयमै विपत् न्यूनीकरण गर्न दीर्घकालीन हिसाबमा नसोच्ने हो भने गाइघाट बजार सङ्कटमा पर्ने उहाँको भनाइ छ ।

'स्थायी रुपमा बलियो बाँध निर्माण नहुँदा २०३२ सालमा बरुवा खोलामा आएको बाढी गाइघाट बजारमा प्रवेश गर्दा पचास घर विस्थापित भएको थियो', स्थानीयवासी ८३ वर्षीय रत्नबहादुर श्रेष्ठले भने, '२०३७ सालको बाढीले ११० घर विस्थापित भएको थियो भने २०४२ र २०४९ सालमा आएको बाढीले पनि सयौं घरपरिवार विस्थापित भएको थियो । गाइघाट बजारको जोखिम न्यूनीकरण गर्न अहिलेसम्म कुनै पनि निकायको ध्यान जान नसकेकाले त्यहाँको जोखिम जस्ताको तस्तै रहेको उनको भनाइ छ । रासस

प्रदेश १: चालू आर्थिक वर्षको बजेटभन्दा ८ अर्ब अर्ब ४३ करोड कम (पूर्ण पाठ)

विराटनगर : आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड घटाएर…

नीति तथा कार्यक्रममाथि सांसदको व्यंग्य : 'प्रधानमन्त्री बा सम्मान कार्यक्रम' छुटेछ, त्यो पनि ल्याए हुन्छ

इकागज | जेठ २८, २०७८

विराटनगर : बिहीबार प्रदेश १ सभामा पेश भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शुक्रबार बोल्ने सां…

छात्राको रहस्यमय मृत्यु

इकागज | जेठ २७, २०७८

झापा : दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी …

प्रदेश १ सभा बैठक: चुरे संरक्षणका निम्ति प्रदेश सरकारको धारणा माग

विराटनगर: प्रदेश १ सभाको बुधबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सदस्यहरूले चुरे क्षेत्रको ढुंगागिटी न…

प्रदेश-१ सरकारद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्‍मा प्रस्तुत

इकागज | जेठ २५, २०७८

विराटनगर : प्रदेश-१ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्गले आर्थिक वर्ष २०७८/७९ को विनियोज…

'राजनीतिक कोभिड'ले धेरैलाई  ‘नांगै भुतुङ्गै’ पारेको छ: मुख्यमन्त्री राई

विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुस ५ मा प्रतिनिधिसभा विघटनपछिको अवस्थालाई 'राजनीतिक क…