कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

इकागज | बैशाख २६, २०८१

विराटनगर - कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख परशुराम खापुङलाई नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

आज प्रदेश प्रमुखलाई भटेर एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसहितका प्रदेशसभा सदस्यहरूले त्यस्तो माग गरेका हुन् । उनीहरूले यही वैशाख ६ गतेको प्रदेशसभा बैठकले पारित गरेको संकल्प प्रस्ताव स्मरण गराउँदै तत्काल सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरे । 

नेपालको संविधानको धारा १८३(३) बमोजिम कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरी मुख्यमन्त्री केदार कार्कीलाई विसं २०८० चैत २६ गतेको मितिले संविधानको धारा १८८(२) बमोजिमको अवधिभित्र अर्थात ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिन संकल्प प्रस्ताव पारित गरिएको र सोबारे मुख्यमन्त्री कार्कीले जानकारी पाइसकेको उनीहरूको भनाइ छ । 

आफू अल्पमतमा परेको भए पनि संविधानको धारा १८८(२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि समयावधिभित्र प्रदेशसभाको अधिवेशन आह्वान नगरेको तथा  राजीनामा पनि नदिएकाले कार्कीले मुख्यमन्त्री पदको संवैधानिक हैसियत गुमाएको उनीहरूको दावी छ । 
 

जेठ ११ मा कोशीको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस

इकागज | बैशाख २६, २०८१

काठमाडौँ - आगामी जेठ ११ गते कोशी प्रदेशको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष कोशी प्रदेश सरकार...

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

इकागज | बैशाख २५, २०८१

सल्लेरी (सोलुखुम्बु)- विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरू चपेटामा पर्दै गएको स्था...

विश्वासको मतबारे निर्णय गर्ने अधिकार मुख्यमन्त्रीलाई छोडिदिएका छौं : कांग्रेस कोशी प्रमुख सचेतक तामाङ

इकागज | बैशाख २३, २०८१

 काठमाडौँ- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले विश्वासको मत लिने/...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने

इकागज | बैशाख २३, २०८१

खोटाङ - कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक...