कोशी प्रदेशमा शुक्रबार सार्वजनिक विदा

इकागज | असोज ११, २०८०

विराटनगर - प्रदेश सरकारले शुक्रबार उराँव तथा झाँगड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

उराँव तथा झाँगड समुदायले मनाउने करम धर्म अनुसारको पर्वका अवसरमा विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता लिलाबल्लभ अधिकारीले बताए ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले करम धर्म अनुसारको पर्वमा उराँव तथा झाँगडलाई विदा दिइने निर्णय गरिएको उनले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास राज्यको सिटी अफ एर्लाइन्टनबीच भगिनी सम्बन्ध कायम गर्नका लागि नेपाल सरकारसँग पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको मन्त्री अधिकारीले बताए । 

उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रस्तावमा उक्त शहर र अर्जुनधारा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित गराउन संघीय सरकार समक्ष स्वीकृतिका लागि आग्रह गर्ने निर्णय गरेको बताए ।

मन्त्रिपरिषद्ले कोशी प्रदेशमा उच्चस्तरीय प्रशासन सुधार कार्यदलले तयार पारेको प्रतिवेदन २०८० सार्वजनिककरण गर्ने निर्णय गरेको छ । साथै कृषि आयमा लगाउँदै आएको करलाई प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्थाको लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको जनाइएको छ ।

त्यसैगरी प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सरकारबाट सैद्धान्तिक स्वीकृति लिने निर्णय गरेको मन्त्री अधिकारीले बताए ।

कोशीटप्पु आइपुगे पुष्पा र अञ्जली, एक महिनासम्म खोरमा राखेर आरक्षमा छाडिने

बाबुराम भण्डारी | असोज १०, २०८०

विराटनगर । १३ वटा अर्ना पठाएको साटोमा चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैंडा ‘पुष्पा&rsquo...

गृहमन्त्री श्रेष्ठ भन्छन् : कोशीमा मध्यावधि उपयुक्त छैन

बाबुराम भण्डारी | असोज ८, २०८०

विराटनगर- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा कुनै पनि कोणबाट मध्यावधि निर्वाचन उप...

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज २८ गतेदेखि  कात्तिक ४ गतेसम्म हुने

इकागज | असोज ६, २०८०

सुन्दरहरैँचा, मोरङ- डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ ...

कोशी प्रदेश सरकारमा सहमतिको प्रयास जारी छ : प्रवक्ता मेन्याङ्बो

इकागज | असोज ४, २०८०

खोटाङ - कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले प्रदेश सरकारमा रा...