कोशी

संकल्प प्रस्ताव संविधानविपरीत छ, म संविधानको धाराअनुसार हिँड्छु : मुख्यमन्त्री कार्की

इकागज |
बैशाख ७, २०८१ शुक्रबार १६:३६ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव संविधानअनुसार नभएको बताएका छन् ।

प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संविधानविपरीत भएको भन्दै संविधानमा नभएको अभ्यास गरेर प्रदेश सभालाई अपवित्र नबनाउन आग्रह गरेका छन् ।


उनले संविधानको धाराअनुसार मात्र आफ्नो सरकार चल्ने बताउँदै संकल्प प्रस्ताव फिर्ता लिन आग्रह गरे । उनले प्रदेश सभामा अलमलाउनका लागि संकल्प प्रस्ताव ल्याएको बताउँदै फिर्ता लिन अनुरोध गरेका छन् ।

एमालेसहितका नेताहरूले मार्ग प्रशस्त गर्न गरेको आग्रहलाई अस्वीकार गर्दै मुख्यमन्त्री कार्कीले आफू संविधानअनुसार नै अगाडि बढ्ने बताए । उनले संकल्प प्रस्ताव पारित भए पनि नभए पनि आफू संविधानअनुसार मात्र चल्ने स्पष्ट गरेका छन् ।

मुख्यमन्त्री कार्कीले आफ्नो सम्बोधनमा प्रदेशलाई अनिश्चिततामा नलैजान आग्रह गर्दै सर्वदलीय सरकार बनाउन अपिल समेत गरेका छन् । उनले प्रदेशका सबै दललाई सहमतिको सर्वदलीय सरकार बनाउन समेत आग्रह गरेका छन् ।


Author

थप समाचार
x