सोनलले छोडे मन्‍त्री क्‍वाटर

इकागज | जेठ २४, २०७८

जनकपुरधाम: प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री पदबाट बर्खास्त भएका जितेन्द्र सोनल पदमा नरहे पनि जनताकै लागि काम गरिरहने बताएका छन् ।सोमबार बिहान मन्त्री निवास छोड्ने क्रममा सञ्‍चारकर्मीसँग कुरा गर्दै ३ वर्षे कार्यकाल सफल रहेको दाबी गरे । उनले पदमा नरहे पनि जनतासँग गरिएका वाचा पूरा गर्न तत्पर रहने प्रतिबद्धता जनाए ।

तीन वर्ष मधेश भवनमा बिताएका सोनलले आफ्नो सामानसहित मात्र एउटा सुटकेश लिएर मोटरसाइकलबाट बाहिरिएका थिए । आइतबार साँझ पार्टीको आन्तरिक विवादका कारण अध्यक्ष ठाकुर समूहका मन्त्री सोनलसहित ३ राज्यमन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए । अर्का अध्यक्ष यादवले ठाकुर समूहका मन्त्रीहरू बर्खास्त गरी कांग्रेस, माओवादी केन्द्र सम्मिलित सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् ।

कोभिड-१९ संक्रमणबाट एउटै नगरपालिकाका दुई वडाध्यक्षले ज्यान गुमाए

इकागज | जेठ २१, २०७८

जनकपुरधाम : कोभिड-१९ संक्रमणबाट रौतहटको गरुडा नगरपालिकामा दुई वडाध्यक्षको मृत्यु भएको छ । मृत्यु हुनेमा …

प्रदेश २ को सम्पूर्ण भू-भाग मरुभूमीकरण हुने र शतप्रतिशत जनताकै बिल्लीबाठ हुने बजेट सच्याइयोस् : मुख्यमन्त्री राउत

इकागज | जेठ २०, २०७८

काठमाडौँ  : चुरे क्षेत्रको खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गर्ने…