बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २७ घाइते

इकागज | पुस ४, २०८०

बारा- बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज बिहान एकापसमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार सो दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षीय हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको हो ।

उनीहरूको हेटौँडामा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेटौंडा तथा चितवन मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ । अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ  । रासस

१ सय १ क्विन्टल अन्नबाट जनकपुरमा निर्माण गरियो सीतारामको प्रतिमा

इकागज | मंसिर ३०, २०८०

काठमाडौँ- जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनकता बढाएको छ । सप्ताहव्यापी विवाहप...