महोत्तरीमा चिसो बढेपछि विद्यालय बन्द

इकागज | पुस २५, २०८०

जलेश्वर, महोत्तरी- महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शितलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् । 

जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् ।

जिल्ला शिक्षा तथा समन्वय एकाइ महोत्तरीका प्रमुख राजदेव यादवले चिसोबाट जनजीवन  प्रभावित हुन थालेपछि  विद्यालयमा पठनपाठन बन्द गरेको बताए । उनका अनुसार बर्खे बिदाबाट कट्टा हुनेगरी चारदेखि आठ दिनसम्मका लागि विद्यालय बन्द भएका हुन् । रासस

बरहथवामा फेरि कर्फ्यू

इकागज | पुस २२, २०८०

सर्लाही- सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले ...

शिक्षक, कर्मचारीको आन्दोलनमा शिक्षक संघ रौतहटको ऐक्यबद्धता, तलब माग गर्दै धर्ना

इकागज | पुस २१, २०८०

रौतहट- नेपाल शिक्षक संघ रौतहटका पदाधिकारीहरू धर्नास्थल पुगेर शिक्षक कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता ...

सर्लाहीको बरहथवामा झडप : एक जनाको मृत्यु, प्रशासनद्वारा कार्फ्यू आदेश जारी

इकागज | पुस २०, २०८०

जनकपुरधाम- सर्लाहीको बरहथवामा प्राथमिक अस्पतालको विषयमा भएको विवादका क्रममा झडप हुँदा एक जनाको म...

नदी उत्खननविरुद्ध उभिए एमाले र माओवादीका जनप्रतिनिधि, नगरसभा नै बहिष्कार

इकागज | पुस २०, २०८०

महोत्तरी- बर्दिवास नगरपालिकाको १३औँ नगरसभामा रातु नदी उत्खननको विषय उठेपछि विवादित बनेको छ । कार्यपाल...