मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न

इकागज | माघ ११, २०८०

जनकपुरधाम- राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा दुई पदका लागि मतदान सम्पन्न भएको छ ।  

आज बिहान ९ देखि ३ बजेसम्म भएको निर्वाचनमा तीन सय ७४ मतदातामध्ये तीन सय ७३ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीन चौधरीले जानकारी दिए । 

मधेश प्रदेश सभाका एक सय सात सदस्यमध्ये एक सय छ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षतर्फ दुई सय ६७ जनाले नै मतदान गरेको चौधरीले बताए । 

मतदान सम्पन्न भएकाले आजै केही बेरमा मतगणना गर्ने गरी सर्वदलीय बैठकको तयारी भएको छ ।  

जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ स्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा मतदान केन्द्र र मतगणनाको व्यवस्था गरिएको छ । अन्य (खुला) र महिलातर्फका दुई सदस्यका लागि पाँच जना प्रतिस्पर्धामा छन् । दुई सदस्यमध्ये अन्य समूहमा नेपाली कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना (धनुषा), नेकपा (एमाले) बाट कुमारी विजेता झा (धनुषा) र जनमत पार्टीबाट रामशङ्कर महासेठ (धनुषा) को उम्मेदवारी छ भने महिला समूहमा एमालेबाट उषादेवी थरुनी (पर्सा), जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरी (रौतहट) उम्मेदवार छन् । रासस

शिक्षाको अधिकार प्रदेशलाई नदिएर गुणस्तर खस्कियो : मुख्यमन्त्री यादव

इकागज | माघ ९, २०८०

महोत्तरी- मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षासम्बन्धी अधिकार प्रदेश सरकारको मातहतमा नभएको हुनाले मध...

वृन्दावन नगरपालिकाका अधिकांश सामुदायिक विद्यालयमा बन्द भयो दिवा खाजा

इकागज | माघ ६, २०८०

रौतहट- रौतहटका वृन्दावन नगरपालिकाको अधिकांश सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम बन्द भएको छ । ...

भ्रष्टाचार मुद्दामा​ देवाही गोनाहीका पूर्व मेयर र सहयोगीले पाए सफाइ

इकागज | माघ ५, २०८०

रौतहट- रौतहटको देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेल दुई वर्षपछि विशेष अदालत काठमाडौँबाट सफाइ पाए...