अवैध काठ नियन्त्रणमा

इकागज | माघ १८, २०८०

रौतहट- रौतहटस्थित प्रहरी गस्ती टोलीले एक लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अबैध सालको गोलिया काठ बरामद गरेको छ।

राष्ट्रिय वनबाट अवैधरुपमा कटानी गरेर कटहरीया नगरपालिका-१ भसेड्वा स्थित बकेया खोलाको नजिकै स्थानिय सोनेलाल यादवको गोठमा लुकाई छिपाइ राखेको ३ थान सालको गोलिया काठ बुधबार साँझ प्रहरीले बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट छेदिचौकका प्रमुख असई विनय कुमार झाको कमाण्डमा गएको टोलीले उक्त गोठ तथा गोठ छेउमा परालको कुन्यु मुनि लुकाई छिपाइ राखेको १ लाख ८ हजार बराबरको काठ बरामद गरी आवश्यक कारबाहीको लागि सेक्टर वन कार्यालय जंगलासहियामा बुझाएको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

म गेटैमा पुगेर खबर गर्दा पनि घटनास्थलमा पुग्न प्रहरीले एक घण्टा लगायो : पीडित

इकागज | माघ १४, २०८०

सिरहा- सिरहाको मिर्चैया नगरपालिका-६ मा प्रहरी कार्यालयदेखि पाँच सय मिटरको दूरीमा जेसिभी लिएर रातको स...

महोत्तरीको बर्दिवास र गौशाला नगरपालिकाले दायर गरेको नदीजन्य पदार्थसम्बन्धी रिट खारेज

इकागज | माघ १३, २०८०

महोत्तरी- जिल्ला समन्वय समिति महोत्तरीले बनाएको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्...

सर्लाहीमा ग्यास सिलिन्डर पड्किँदा ६ कोठे पक्की घर पूर्ण रूपले क्षतिग्रस्त

इकागज | माघ १२, २०८०

सर्लाही- सर्लाहीको बलरा नगरपालिका–४ बलरा गोठमा रहेको एक घरमा शुक्रबार बिहान ग्यास पड्किएको छ । स...

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धनको दुवै उम्मेदवार निर्वाचित

इकागज | माघ ११, २०८०

जनकपुरधाम- मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको तर्फबाट बनेका दुवै उम्मेदवार निर्वाचित भ...