रौतहटमा कर्फ्युको दायरा बढाइयो

इकागज | फागुन ६, २०८०

रौतहट- रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिमै उच्छृङ्खल गतिविधि हुँदा स्थानीय प्रशासनले कर्फ्यु दायरा बढाएको छ । ईशनाथ-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।​

सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि शनिबार घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका मानिस घाइते भएका थिए ।

झडपमा मुस्लिम समुदायका केही व्यक्तिहरू पनि घाइते भएको तर घाइतेको संख्या यकिन हुन नसकेको प्रहरीले बताएको थियो । घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका थिए ।

स्थिति नियन्त्रणमा लिन सिडिओ हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका थिए । कर्फ्यु अवधिमै उच्छृङ्खल गतिविधि भएपछि स्थानीय प्रशासनले कर्फ्यु क्षेत्र फराकिलो बनाएको छ ।

कर्फ्यु जारी संगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७०० जनशक्ति परिचालन गरिएको छ । अवस्था सामान्य पनि भएको थियो ।​

यसैबीच कर्फ्युकै अवधिमा आज आइतबार आज केही उच्छृङ्खल युवाहरूको समूहले ईशनाथ नगरपालिका  औरैया गाउँमा रहेको मस्जिदको माथि गुम्बदबाट माइक (हरन ) खोलेको छ । यसरी मस्जिदको माथि रहेको माइक खोल्दा पुनः अवस्था तनावग्रस्त हुनसक्ने भएकाले प्रहरीले सजगता अपनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गर्दै संलग्नको खोजी भइरहेको बताएकी छन् ।

कर्फ्यु अवधिमै थप साम्प्रदायिक विवाद बढ्ने सम्भावनालाई मध्यनजर गर्दै सिडिओ रेग्मीले आयतबार एक सूचना जारी गर्दै कर्फ्युको दायरा फराकिलो बनाएका छन् ।

बनजरहा नगरपालिका वडा २,३,४,५, ६र ७ मा समेत अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चारकिल्लाभित्र कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ । साथै यस साम्प्रदायिक विवादलाई फैलाउने कुनै प्रकारको तस्बिर भिडियो, स्टाटस सामाजिक सञ्जालमा नराख्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ ।

पछिल्लो दुई/तीन दिनदेखि केही मानिसहरूले ईशनाथको घटनासँग जोडिएका विभिन्न भ्रामक भिडियो तस्बिर तथा स्टाटसहरू सामाजिक सञ्जालमा देखिएकाले सामाजिक सद्भाव कायम राख्न त्यस्तो गतिविधि नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लावासीलाई आग्रह गरेको छ ।

कर्फ्यु लगाएर सरस्वतीकाे मूर्ति सेलाइने, डिआईजीको कमाण्डमा ७ सय प्रहरी परिचालन

इकागज | फागुन ६, २०८०

रौतहट- रौतहटको ईशनाथ नगरपालिका-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झड...

मधेस प्रदेशसभा: मुख्यमन्त्री यादवले तेस्रोपटक विश्वासको मत लिँदै

इकागज | फागुन ६, २०८०

धनुषा - मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै हुनुहुन्छ...

काठमाडौँ-तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

इकागज | फागुन ५, २०८०

निजगढ (बारा)- राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माणको करिब ३१ ...

प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि बनरावासीलाई जग्गा फिर्ता हुने आश

इकागज | फागुन ५, २०८०

महोत्तरी- आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाममा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूट...

मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तमिलनाडुबाट पक्राउ

इकागज | फागुन २, २०८०

रौतहट- रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तमिलनाडुबाट प...

मेयर राजेशमान सिंहविरुद्ध किर्ते गरेकाे भन्दै पुनः अर्को जाहेरी

इकागज | फागुन १, २०८०

पर्सा - वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको विरुद्ध पुनः अर्को जाहेरी दरखास्त दर्ता भएको छ । किर्ते गर...